जुम्ला । तिला गाउँपालिका वडा नम्बर ४ निवासी २० वर्षीय यूवक प्रवेश कामी विगत ७ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा छटपटाई रहेका छन् । एक्कासी श्वास प्रश्वासनमा समस्या आएर भेन्टिलेटर सघन उपचार कक्षमा लिइएका विकलाई लगातार ७ दिनदेखि भेन्टिलेटरमै उपचार भईरहेको छ ।
उनलाई सुरुमा निमोनिया र टाईफाईट भएपछि उपचारका लागि ल्याइएको थियो । यस अघि नियमित चेकजाँच गर्ने र औषधी प्रयोग गरिरहन्थे । एक साताअघि एक्कासी समस्या आउँदा कर्णाली प्रतिष्ठान ल्याईएको थियो । निमोनियाका कारण फोक्सोमा दाग देखाएको छ । श्वास प्रश्वासमा समस्या आउँदा भेन्टिलेटरमा लिइएको सघन कक्षमा कार्यरत डाक्टर नविन थापाले बताए ।
उनले भने,“शरिरमा हुनु पर्ने अक्सिजन समेत नभएको,धड्कन अस्वभाविक रुपमा बढेपछि भेन्टिलेटरमा लिनुको विकल्प थिएन् । भेन्टिलेटरमै उपचार थाल्यौ । सामान्य विरामीलाई बढीमा ३÷४ दिन भेन्टिलेटरमा राखेपछि होस आउने,कुरा गर्ने स्वास्थ्य अबस्थामा सुधार आउने हुन्छ । तर प्रवेशको स्थिती त्यसो छैन् । ७ दिन बितिसक्दा पनि उनलाई एक मिनेट भेन्टिलेटरबाट बाहिर निकाल्न मिल्दैन् । निकाल्यो की श्वासप्रश्वासनमा समस्या आउँछ ।”
निमोनियाको बिरामी नर्मल अबस्थामा आएपछि बोल्न सक्छ । तर सघन उचार गर्दा पनि नबोल्ने,आखा नखोल्ने संकेत गर्दा पनि प्रतिक्रिया नदिने समस्या बढ्दै जाँदा प्रवेश विकको मष्तिस्क समस्या हुन सक्ने अनुमान गरिएको डाक्टर थापाले जनाए ।
विरामीको आर्थिक अबस्था कमजोर रहेछ । बिमाको पनि वर्षभरीको पैसा सकिएको छ । कर्णाली प्रतिष्ठानमा सिटि स्क्यान छैन् । सिटिस्क्यान बाहेक सबै उपचार भएको छ । नबोल्ने,आँखा नहेर्ने गरेकोको सिटिस्क्यान गराउनु पर्ने देखिएको छ । तर उनको स्वास्थ्य अबस्था सुधार नभई लिनै नमिल्ने अबस्था छ । जत्ती शरिरमा अक्सिजन कम भयो त्यसको असर दिमाग पर्छ । डाक्टर नविनले भने,“भेन्टिलेटरबाट निकाल्यो की एक मिनेट बाहिर बस्न सक्दैनन् श्वास बढ्छ । कसरी जिल्ला बाहिर लिने ? थोरै सुधार नभई लिने स्थिती छैन् । हेलिकप्टरमा जाने आर्थिक स्थिती छैन् । परिवार निकै पिडामा छ । हामीले नियमित गर्ने उपचार गरिरहेका छौ । तर यति दिन सघन उपचार गर्दा पनि होस किन आएन् भन्नेबारे बुझ्न सिटि स्क्याननै गर्नुपर्छ । दिमागमा चोट भएको खण्डमा पनि यस्तो समस्या हुन्छ ।”
निमोनियाका कारण छात्तीमा मात्र समस्या भएको भए हाल सम्म सुधार हुन्थ्यो । तर समस्या दिमागमा हुन सक्ने अनुमान छ । अहिले प्रतिष्ठानकै दैनिक १० हजारबढी दिनको खर्च आउँछ । त्यो खर्च तिर्न स्रोत छैन् । जुम्ला हुन्जेल प्रवेशको उपचारलाई निशुल्क गरिदिन समेत परिवारले माग गरेको छ ।
परिवारको जायजेथा विक्री गर्दा पनि प्रबेशलाई हेलिकप्टरमा बाहिर उपचार गराउन लिन सम्भव छैन् । बिमाको उपचार सकिएपछि प्रबेशका आफन्त तनावमा छन् । गोजीमा सिटामोल किन्ने पैसा छैन् । उनीहरु संग छोराले भेन्टिलेटरको कृत्रित साहस लिएको हेर्ने बाहेक विकल्प छैन् ।
प्रबेशकी आमा विष्णु कामी भन्छन,“खाउखाउ लाउलाउ भन्ने उमेरको छोरा जीवन मरणको दोसाँधमा छ । रातदिन रोएर परेली पनि ओभाना छैनन् । तर उपचार गर्ने सबै विकल्प सकिए । घरको अबस्था नाजुक छ । विमाकै भर थियो,त्यो पनि सकियो । कसरी छोराको मुख भेट पाउने होला ? डाक्टर बाहिर लिनुहोस भन्छन,हामी क्यागरी लियौ । सहयोग जुटेको भए काहि उपाय आउन्थ्यो की ?”
गहभरी आँसु गर्दै विष्णुले छोराको प्राण रक्षाका लागि सबै दयालुमन भएकाहरु संग सहयोगको समेत याचना गरेकी छन् । सानो सानो सहयोगले आफ्नो छोराको बाच्ने रहर र एक आमाको खुसी फर्किने उनको आशा छ ।
बिमाको पैसा सकिएसंगै कसरी उपचार गराउने भन्दै तनावमा परिवार छन् । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले सक्ने जत्ती निशुल्क उपचारका लागि सहयोग गर्ने बताए । सबै विवरण अध्यायन गरी प्रतिष्ठानले गर्न सक्ने जत्ती राहत उपलब्ध गराउने उल्लेख गरे ।
प्रबेश विकको उपचारका लागि सहयोग गर्न चाहने महानुभावले उनी आमा विष्णु कामीको नाममा नविल बैंक जुम्ला शाखामा रहेको खाता नम्बर (०७२१००१७५०७०६८) सहयोग रकम पठाउन सक्नु हुने छ ।
जुम्ला दर्पण । ५ आश्विन २०८०, शुक्रबार १८:११