जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको शेराज्युलो विद्यार्थीहरुले राेपे

रेशम अनुराग

ईतिहासमा कहिले नमेटिने अजर अमर जुम्लि पहिचान काे प्रमुख अाधार हाे ।जुम्लाकाे सेरा ज्युलाे काे र राेपाई ।अधिल्लाे बर्ष सेरा खेत काे मा राेपाई महाेत्सव भएकाे थियाे । जिल्ला का उच्च पदस्थ काे अागमन र राेपाईले जुम्ला पहिचानमा झन बढुवा दिएकाे छ ।

याे वर्ष भने विद्यार्थीहरुले मार्सी धान रोपेका छन् । चन्दननाथ भैरवनाथ मन्दिरको

 

सेराज्युलोमा विद्यार्थीहरुले

मार्सी धान रोपेका हुन् ।

 

यस ठाउँमा केही वर्ष अघि गाउँ–गाउँबाट हली, गोरु, रोपार र बाहुसे ल्याएर रोपाइँ गर्ने गरिन्थ्यो । तर यस वर्ष भने जुम्लाका विद्यालयहरुबाट विद्यार्थी ल्याएर मार्सी रोपिएको हो ।

 

परापूर्वकालदेखि नै चन्दननाथ भैरवनाथ गुठी समितिले से रा ज्युलोमा जेठ १४ गते मार्सी रोप्दै आइएको थियो । यस वर्ष भने जेठ २४ गतेदेखि मार्सी रोपिएको छ । चन्दननाथ भैरवनाथ गुठी समितिका कोषाध्यक्ष नवराज श्रेष्ठले यसपटक पानी र बिउको अभावका कारण रोपाइँ सरेको बताए ।

 

चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ । सेरा ज्युलोमा मार्सी रोप्न चन्दननाथ नमुना मावि र रत्नचुडेश्वर माविका विद्यार्थीसहित स्थानीय महिला सहभागी थिए ।

चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष वृर्खब  सेरा ज्युलोमा मार्सी रोप्न चन्दननाथ नमुना मावि र रत्नचुडेश्वर माविका विद्यार्थीसहित स्थानीय महिला सहभागी थिए ।

 

 हादुर कार्कीले जिल्लालाई विषादीमुक्त गरिसकेकोले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए ।

 

सेरा ज्युलो रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरिन्छ । जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको शेराज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको कमलादेवी देवकोटाले बताइन् ।

 

त्यस्तै, चन्दननाथ मावि स्कुलका शिक्षिका लक्ष्मी रावलले सेराज्युलो रोप्न सहयोग गर्नका लागि १ सय ५० जना छात्रा आएको बताइन् ।