जुम्ला । जुम्लाकाे सिंजा क्षेत्रका तीन पालिकाका नागरिकलाई लक्षित गरि सिंजा गाउँपालिकाकाे नराकाेटमा नापी र मालपाेत कार्यालय उद्घाटन गरिएकाे छ । सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिककलाई घर आँगनमै सेवा प्रवाह गर्ने गरि नराकाेटबाट नापी र मालपाेत कार्यालय उद्घाटन गरि सेवा सुरु गरिएकाे हाे ।
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार नराकाेटमा स्थापना गरिएकाे नापी र मालपाेत कार्यालयकाे उद्घाटन गरेका छन् ।
नापी र मालपाेत कार्यालय उद्घाटन गर्न जुम्ला पुगेका मन्त्री सहितकाे टाेलीलाई सिंजाबासी पन्चेबाजा सहित भव्य स्वागत समेत गरेका छन् ।
नापी र मालपाेत सेवाका लागि महंगाे खर्च व्यहाेरेर सदरमुकाम जान बाध्य घर आँगनमै मालपाेत र नापी कार्यालय स्थापना भएपछि सिंजाबासी उत्साहित भएका छन् ।
सिंजा-६ गाेराका माेति दमाईले संघियताकाे उपहार स्वरुप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपाेत कार्यालय पाएकाे बताए । उनले भने,’सिंजामा नापी र मालपाेत आउनु भएकाे हाम्राे खर्च बच्नु हाे । घरकै खाना खाएर सेवा लिन पाईने भयाे । अब महंगाे खर्च गरि हप्ता दिन सरदरमुकाम बास बस्नु पर्ने बाध्यता हट्याे निकै खुसी छाै ।’
जुम्लाकाे सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपाेत कार्यालय स्थापना हुने भएकाे छ । संघियता कार्यान्वयनकाे करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपाेत कार्यालय उद्घाटन भएकाे हाे ।
सिंजामा नापी र मालपाेत कार्यालय स्थापना गर्ने सरकारकाे निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । उनका अनुसार कार्यालयकाे दिगाे व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आबश्यक सहयाेग गरिने छ ।
संघियता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपाेतकाे झन्झझटिलाे सेवाले नागरिक असुन्तुष्ट थिए । जग्गा खरिद,नामसारी,राजिनामा लगायतका काम गर्न महंगाे खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिंजाबासीकाे बाध्यता थियाे । हप्तादिन सम्म हाेटलबास बस्नु पर्ने आउजाउ,हाेटलबास,कागजात व्यवस्थापनमा न्युनतम १०/१५ हजार रुपैया खर्च हुने गरेकाे छ ।
तर सिंजामा नापी र मालपाेत उद्घाटन भएपछि सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका हुन । अब समय र पैसा सबै बचत हुने
सिंजामा नापी मालपाेत स्थापनापछि गाउँमै सेवा मात्र पाईने छैन् ।
सिंजाका तिलाचन्द्र चाैलागाँईले भने,’सदरमुकाम जाँदा लाग्ने खर्च,समय सबै जाेगिने भयाे । जग्गा नामसारि,राजिनामा गर्दा बुढापाकालाई हप्ताै दिनसम्म हुने दुख पनि अन्त्य हुने भयाे । याे हाम्राे ऐतिहासिक सफलता हाे । सिंजा क्षेत्रका लागि नापी मालपाेत संघियताकाे अनुपम उपहार हाे ।’
अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन। तर,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सिंजाली जनताको आवाज सुनेको छ। भने संघियताकाे मर्म बुझेकाे छ ।
खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध यस स्थानमा विकेन्द्रीकरणको अभ्यासले विकासको नयाँ युगको सुरुवात गरेको भन्दै जुम्लामा खुसीयाली मनाएका छन् । अब सिंजा क्षेत्रका तीनै पालिकाका नागरिकले घरआँगनमै सेवा पाउने छन् ।
गत पुस ९ गतेकाे मन्त्री परिषदकाे निर्णयले सिंजामा नापी मालपाेत स्थापना गर्न बाटाे खुलेकाे थियाे । करिब २१/२२ पटककाे पहल तथा प्रयासपछि मात्रै टुंगाेमा पुगेकाे थियाे ।
डिल्ली कामी । २१ चैत्र २०८१, शुक्रबार १३:२७