प्रमुख सेनानी मृत फेला धटनाकाे अनुसन्धान हुदै

दर्पण सवाददाता जुम्ला।

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

तस्विर ;(राताेपाटी साभार)

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी माधव श्रेष्ठले वताए ।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको एसएसपी श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगे लगत्तै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले वताएका  छन।