आज बाट संचालित एस ईइ परिक्षा जुम्लाको तातोपानी गाउँपालिका ५ मा रहेको दुर्गा मा वि लाम्रा परिक्षा केन्द्रमा शान्त वातावरण मा पहिलो दिनको अङ्ग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ ।
चार विद्यालयको परिक्षा केन्द्र रहेको उक्त परिक्षा केन्द्रमा हिमशिखर मा वि ,नेत्रज्योति मावी,भैरव मावी र शम्भुनाथ मा वि गरि जम्मा १५४ जना परिक्षार्थी रहेको सहाय केन्द्राअध्यक्ष धिर बुढाले जानकारी दिए। उनका अनुसार १४९ जना मात्र परिक्षामा उपस्थिति भएको बताए ।
जसमध्य छात्रा ८४ र छात्र ६५ जना रहेका छन भने अनुपस्थित ५ जना रहेको उनको भनाइ छ । साथै अनुपस्थित ५ जना मध्य छात्रा १ र छात्र ४ जना रहेका छन भने ग्रेट वृर्दिका ४ जना छात्रा रहेको समेत जानकारी गराए।
परिक्षा लाई मर्याफित र शान्तिपुर्ण गर्न सुरक्षाको राम्रो व्यवस्था रहेको केन्द्राअध्यक्ष मुकुन्द शर्माले बताए । परिक्षा लाई डिजिटलाइजेसन बाट मुक्त गर्नको लागि मोबाइल प्रतिबन्ध गरेको भन्दै सुपरिवेक्षक लाई समेत मोबाइल प्रतिबन्ध गरेको उनको भनाइ छ ।
शर्माले विधार्थीहरुको आइरन गेटको उपमा रहेको एस ईइ परिक्षा लाई हेलचक्राई नगरी परिक्षा लाई शान्त र भय रहित तरिकाले सम्पन्न गर्न सबै अभिभावकहरु लाई अनुरोध समेत गरेका छन ।
विगतका वर्षहरु भन्दा यो वर्षको एस ईइ परिक्षा फरक र चिटिङ मुक्त बनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानेको भनाइ छ ।
उनका अनुसार विधार्थी आफै सचेत भएर आए परिक्षामा पास हुन कठिन नभएको भन्दै शान्त वातावरण मै परिक्षा सकिने दाबी गरेका छन
डिल्ली कामी । ६ चैत्र २०८१, बिहीबार १३:३५