जुम्ला । मूल्य नपाइ जुम्ली किसानले उत्पादन गरेका कृषि बस्तु खेर जाने कुराले अब चिन्ता नलिन राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम प्रसाद दंगालले बताएका छन् । जुम्लामा भएको कृषि विधेयकमा किसान हक, हित र अधिकार सम्बन्धमा पृष्ठपोषण संकलन तथा अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष दंगालले यस्ताे बताएका हुन् ।
जुम्लामा उत्पादन भएका कृषि बस्तु जस्तै स्याउ,आलु,सिमि जस्ता कृषि बस्तुले बजार नपाएर कुहिने अवस्थामा रहेका छन् । आगामी दिनमा यस्ताे अवस्था नआउने अध्यक्ष दंगालकाे जिकिर रहेकाे छ । उनले भने, जुम्लामा उत्पादन भएको स्याउ कर्णाली राजमार्गकाे बाटोमा अड्किएर कुहिने चिन्ता अब जुम्ली बासिले पिटिक्कै नलिन सुझाव दिएका छन् ।
उनका अनुसार सबै भन्दा पहिला जुम्लाका किसानले उत्पादन गरेका कृषि बस्तुले बजार पाउनका लागि र उत्पादीत कृषि बस्तु नकुहिने हुनका लागि कर्णाली राजमार्ग स्तरवृद्धि हुनु पर्ने बताए । उनले भने, राज्यले कर्णाली राजमार्ग स्तरउन्नतीका बजेट विनियोजन गरेको छ, तर उन्नति नहुनु बिडम्बना भएको बताए । अध्यक्ष दंगालले भने, वास्तविक किसान पछि पर्नु भनेकाे बिचाैलियाका कारण रहेकाे छ अब किसान यसमा सचेत रहेनु पर्ने बताएका छन् ।
किषानलाई सर्वसुलभ बनाउन लागु हुँदै गरेको किसान हकहित र कृषि विधेयक- २०८१ लाई स्वयं किसान संगै छलफल गरि पारित गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय किसान आयोगका सदस्य टेक बहादुर बाेगटीले जानकारी दिए ।
कार्यक्रममा बाेल्दै किसान महासंघ जुम्लाका अध्यक्ष नारायण चाैलागाईले जुम्लामा उत्पादन भएका कृषि बस्तुले राम्राे बजार नपाएकाले समस्या भएकाे बताए । जुम्ली किसानले उत्पादन गरेका कृषि बस्तु र बाह्य बजार बाट आएकाे कृषि बस्तुकाे मुल्यमा एकरूपता हुदा स्थानीय कृषि बस्तुले बजार नपाएको उनकाे गुनासाे रहेकाे छ ।
तराई क्षेत्र जस्ताे जुम्ला नभएकाले जुम्लामा उत्पादन गरिने बस्तुमा दु; ख रहेकाे छ । हावापानीका कारणले तराईमा छिटाे उत्पादन हुन्छ र जुम्लामा ढिलाे उत्पादन हुन्छ तर मेहनतका कुरा गर्दा स्थानीय कृषि बस्तुमा अति समय लाग्ने हुदा आयतित बस्तु भन्दा स्थानीय उत्पादनले मुल्य पाउनु पर्ने अध्यक्ष चाैलागाईकाे भनाइ छ ।
यस्तै चन्दननाथ नगरपालिकाकि उपप्रमुख रामदेवि खड्काले नगरपालिकाले कृषि क्षेत्रका लागि १० देखि १५ प्रतिशत बजेट याे आर्थिक वर्षमा विनियोजन गरिएको बताइन् । उनका अनुसार वास्तविक किसानले सेवा सुविधा नपाएर आफ्ना आसेपासेर बिचाैलियाले पाउने गरेका छन् । उनले भनिन्, चन्दननाथ नगरपालिकाले परिमार्जित कृषि संकलन केन्द्र निर्माण गर्न लागेकाले आगामी दिनमा संकलन केन्द्रमा ठुला किसान नभएर साना किसानका लागि बिक्री केन्द्र खुल्ला रहने बताइन् ।
जुम्ला उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार जुम्लाका स्थानीय तह र प्रदेशले अनुदानका नाममा झाराे टारेकाे आराेप लगाए । उनले भने, अनुदानका कार्यक्रम दिदा वास्तविक किसानले नपाएर राजनीति पहुँचका आधारमा पाउने भएकाले वास्तविक किसान पाउन नसकेकाे बताए ।
कृषि विधेयक बनाउदा वास्तविक किसान पहिचान गरि र प्रतक्ष किसान सँग छलफल गर्न कार्यक्रमका सहभागी कतिपय किसानकाे तर्क रहेकाे थियाे । विधेयक बनाउनु पुर्व किसानका सुझाव संकलन गर्न सुझाव दिएका छन् ।
अन्तरक्रियात्म तथा छलफल कार्यक्रममा जुम्ला जिल्लाका साना तथा ठुला किसान, उद्योगी, व्यापारी, तातोपानी गाउँपालिकाकि उपाध्यक्ष, तिला गाउँपालिकाकि उपाध्यक्ष र अन्य नागरिकहरूकाे उपस्थित रहेकाे थियाे ।

डिल्ली कामी । १८ चैत्र २०८१, मंगलवार ०६:१८