सम्मेलनका लागि नेपालको समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले समेत सहकार्य गरेका छन् ।
‘यस्तो खालको सम्मेलन नेपालमै पहिलो हो । यसमा समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको सहभागिता रहन्छ । सम्मेलन पछि जुम्ला घोषणा पत्र जारी गरिन्छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने । उनले सम्मेलनमा ४६ वटा प्रस्तुतिकरण रहने समेत जानकारी दिए ।
हार्डवर्ड मेडिकल कलेजका सह–प्राध्यापक समेत रहेका म्यासाच्युसेट जनरल हस्पिटल साइक्याट्रि विभागका डा. श्रीधर पौडेलले सम्मेलनको संयोजन गर्दैछन् । दाङका डा. पौडेल विगत १६ वर्षदेखि हार्डवर्ड मेडिकल स्कुलको साइक्याट्रिक विभागमा कार्यरत छन्।
सम्मेलनको नारा ‘सबैको मानसिक स्वास्थ्यका लाथि नवप्रर्वतन तथा सहकार्य’ राखिएको छ ।
नेपालको मानसिक स्वास्थ्यको उपचार पद्धति परम्परागत नै रहेको डा. पौडेलले बताए । सम्मेलनले उपचार पद्धतिमा नवीनताको सुरुवात गर्नका लागि सम्मेलनले भूमिका खेल्ने डा. पौडेलको विश्वास छ ।
मानसिक समस्या अहिले विश्वमै नयाँ चुनौतीका रुपमा देखा परेको पनि डा. पौडेलले बताए । उनले निकै नै छोटो अवधीमा कर्णालीमा सम्मेलन गर्ने निर्णय गरी काम सुरु गरिएको जानकारी दिए ।
‘हामीले ६ हप्ताअघि मात्रै कर्णालीमा अन्तराष्ट्रियस्तरको साइक्याट्रिक सम्मेलन गर्न अवधारणा बनाएर कार्यान्वयन गर्न थालेका हौँ । पहिलो पटक यति छोटो समयमा महत्वपूर्ण इभेन्टको आयोजना हुँदैछ । यो आफैमा ऐतिहासिक हुने भएको छ,’ डा. पौडेलले उत्साहित हुँदै भने ।
नेपालकै दुर्गमस्थानमा सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साइक्याट्रिक लैजान समेत कठिन भइरहेको छ । यो सम्मेलनले त्यो समस्या समाधान गर्नका लागि समेत महत्वपूर्ण हुन सक्ने डा. पौडेलले बताए ।
उपकुलपति डा. रावलले कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने सम्मेलनमा जान देश तथा विदेशका साइक्याट्रिक्सको चासो रहेको बताए ।
उनले सम्मेलनका लागि हरेक व्यक्ति आफ्नै खर्चमा जुम्ला जान लागेको समेत जानकारी दिए ।
दुई दिने सम्मेलनमा २०० बढी साइक्याट्रिक्स तथा त्यस विषयका विद्यार्थी तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।
जुम्ला दर्पण । २० बैशाख २०८१, बिहीबार १८:३६