डिल्ली कामी जुम्ला । चलचित्र ‘प्रकाश’को प्रिमियर शो जुम्ला पातारासीको तिर्खु गाउँमा गरिने भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो आज जुम्लाको तिर्खु गाउँमा गरिने भएको हो ।
२ घण्टा समय अवधि रहेको ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएर जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदिप खड्का लेखक विकास सुवेदी जुम्ला पुगेका हुन ।
चलचित्र प्रकाश रिलिज हुन नपाउदै ७५ प्रतिशत लगानी उठिसकेको चलचित्र निर्माता सुवेदी को दाबी छ । चलचित्र निर्माणमा २ करोड ५० लाख बजेट खर्च भएको छ ।
लेखक सुबेदीले भने,चलचित्र,भारत,अमेरिका,अष्टेलिया लगायतका दर्जनौ देशमा प्रर्दशन हुदैछ ।अहिलेसम्म ७५ प्रतिशत लगानी उठ्ने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ ।
र अष्टेलियाबाट चलचित्रले उठेको रकम ऋणमोक्ष मा वि मा सहयोग प्रदान गरिने बताए ।
पत्रकार भेटघाटमा नायक प्रदिप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियम शो तिर्खु गाउँमा हुन थालेको बताए ।
जुम्लाको एक यूवाले शिक्षक बन्न गरेको संघर्ष,जुम्ली भाषा साहित्य संस्कृतीको संरक्षण लाई समेटिएको लेखक विकास सुवेदीले बताए । जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर सो गरिने भएको हो ।
दिनेश राउतको निर्देशनमा रहेको चलचित्रमा प्रदीप खड्का,दिया मास्के लगायत चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।
जुम्ला दर्पण । ५ भाद्र २०७९, आईतवार १९:०६