जुम्लामा पहिलोपटक चन्दननाथ मन्दिरमा आरती

अब हरेक साताकाे साेमबार आरती लाग्ने

जुम्ला : जुम्लाकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा आरती लागेकाे छ । जिल्लाकै प्रमुख धार्मिकस्थलकाे रूपमा रहेकाे मन्दिरमा जिल्लामै पहिलोपटक आरती लागेकाे हाे ।

चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिकाे अगुवाइमा आरती सुरू भएकाे थियाे ।

पहिलोपटक लागेकाे आरतीमा प्रमुख जिल्ला अधिकारी,मुख्य न्यायाधीश, डीएसपी लगायत सहभागी थिए । श्रावण महिनाकाे अन्तिम साेमबारबाट आरती सुरू गरिएकाे हाे ।

समितिका अध्यक्ष अमर बहादुर थापाका अनुसार जिल्लामै पहिलोपटक आरती सुरू गरिएकाे हाे । उनले अबदेखि हरेक साताकाे साेमबार आरती लाग्ने बताए ।

`जुम्लामा पहिलोपटक आरती सुरू भएकाे छ । हरेक साता आरती सुरू गरिनेछ । भक्तजनहरूकाे उपस्थिति अनुसार निरन्तरता दिइनेछ´, अध्यक्ष थापाले भने ।

चन्दननाथ मन्दिरका मुल पुजारी रमेशप्रसाद न्याैपानेले जिल्लाभरका भक्तजनहरूलाई मध्यनजर गरेर आरती सुरू भएकाे बताए ।

उक्त अवसरमा चन्दननाथ गुरूकुल पाठशालाका विद्यार्थी र अन्य भक्तजनहरकाे सहभागीता थियाे ।

तस्बिर: शुभाकर विश्वकर्मा/ जुम्ला दर्पण