खरायाेकाे ऊनकाे टाेपी : बाउकाे बिडाे थामेका दाजुभाइ

जुम्ला : चन्दननाथ-८ उम्खाेला गाउँका लक्ष्मण राेकाया खरायाे पालक कृषक हुन् । ३६ वर्षीय राेकाया २० वर्षदेखि खरायाे पाल्दै आएका छन् । उनकाे घरमा हाल ४५ वटा खरायाे छन् । खरायाेपालन राेकाया परिवारकाे उहिलेदेखिकै पेसा हाे ।

राेकायाका बुवा हरायाे पाल्थे । उनका दाजुपनि शिक्षण पेसासँगै खरायाेपालनमा आवद्व छन् । राेकायाले पनि व्यवसायिक रूपमा खरायाे पाल्न थालेकाे दुई दशक बितिसक्याे ।

खरायाेपालन बहुउपयाेगी छ । खरायाे बेच्नपनि मिल्छ । खरायाेकाे ऊनबाट विभिन्न किसिमका कपडासमेत बनाउन सकिन्छ । खरायाेकाे प्रति जाेडा ३ हजार मुल्य पर्छ ।

उनी भन्छन्,`हाम्राे बुवाले याे पेसा सुरू गर्नु भएकाे हाे । अहिले मैले निरन्तरता दिएकाे छु । दाजुले पनि यहीँ पेसा निरन्तरता दिनु भएकाे छ ।´ राेकाया दाजुभाइले बुवाकाे शेषपछि पनि उनकै पेसालाई निरन्तरता दिइरहेका छन् ।

जुन उनीहरूकाे जिविकाेपार्जनकाे मुख्य स्राेत हाे । जेठा विष्णु पेसाले शिक्षक हुन् । उनी अहिलेपनि भैरव मावि धुपिढुस्कामा पढाउँछन् । कान्छा लक्ष्मण भने प्राविधिक शिक्षा पढेका थिए । उनले केही वर्ष जागिर गरे ।

दुई वर्ष रेस नेपालमा काम गरे । पछि भवन डिभिजन मा सुपर भाइजर र पूर्वाधारमा दुई वर्ष काम गरे । पछि फेरि खरायाे पालनमै फर्किए । सुरूमा तीनवटा खरायाेबाट व्यवसाय सुरू गरेका हुन् ।

अहिले व्यवसायिक रूपमा पालन गरिरहेकाे उनले बताए । तीन महिनाकाे अन्तरमा खरायोकाे ऊन बुन्न मिल्छ ।एउटा खरायाेकाे तीन वटाकाे एउटा टाेपी बन्छ । एउटा टाेपीकाे मूल्य तीन हजार पर्छ ।

बजारमा भने ३५ सय मा बिक्री हुने राेकाया बताउँछन् । एक महिनामा ३ देखि ६ वटासम्म बुन्ने गरेका छन् । वार्षिक १ लाख  ८ हजार रूपैयाँ  आम्दानी हुन्छ । सबैभन्दा धेरै दशै तिहारमा बिक्री हुन्छ ।

आर्मीले बढि लिने गरेका छन् । चार जनाकाे लक्ष्मणले खरायाेकाे टाेपी बेचेरै पालिरहेका छन् । उनका बुवा भने खरायाेकाे टाेपी बुन्नमा पारंगत थिए ।

खरायाेकाे स्वीटरसमेत बुन्थे । अहिले सम्म बुवाले बुनेकाे स्वीटर १८ हजार मूल्य परेकाे छ  । त्यस अलवा सिजनमा स्याउसमेत बिक्री गर्छन् । फुजी स्याउका ३ सय ४२ वटा बुटा छन् ।

खरायोको कपालको टोपी बनाउने तरिका

यो टोपी बनाउन सुरुमा खरायोहरुको कपाल जम्मा गर्नुपर्छ। जम्मा गरेको कपाल २ दिनसम्म घाममा सुकाउनु पर्छ। त्यसपछि त्यो कपाललाई कात्दै डोरी बनाउनु पर्छ। एकपटक कातेको डोरीलाई फेरि कात्नु पर्छ।

दोश्रो पटक कातेको डोरी एकदम मसिनो हुन्छ। जसले गर्दा टोपी सिउन सजिलो हुन्छ। त्यसपछि टोपीका लागि सिल्लीले सिउनुपर्छ।
अन्य कपडा बुन्नका लागि चानमा बुनिन्छ। चानमा बुन्नु भनेको ठूलो कपडाका लागि हो। साथै सिल्लीले सिउनु भन्दा छिटो हुने राेकायाले बताए।
‘टोपी, मफलर, हातमा लगाउने पञ्जा, मोजा जस्ता कपडा सिल्लीले सिलाइन्छ भने अन्य ठूलो कपडाहरु भने चानमा बुन्ने गरिन्छ।

खरायोको कपालबाट भने हालसम्म टोपी मात्र बनाएका छौं। भेडा, च्याङ्ग्रालगायतको कपालबाट भने सबै खाले कपडाहरु पनि बन्ने गरेको उनकाे भनाइ छ ।