गाेलकिप्पर नायक बनेकाे राेमाञ्चक फाइनलमा देउती कैलाशले जित्याे उपाधि

जुम्ला : जिल्ला स्तरीय दलित युवाहरूबीच खुला पुरुष फुटबल प्रतियाेगिताकाे उपाधि देउती कैलाश युवा क्लब तिला-३ ले जितेकाे छ । शनिबार दिउँसाे सम्पन्न फाइनल खेलमा समाज चेतना युवा क्लब तातोपानी-६ लाई पराजित गर्दै देउती कैलाशले उपाधि जितेकाे हाे ।

निकै प्रतिष्पर्धात्मक खेलमा समाज चेतनाले पहिलाे हाफमा १-० गाेलले अग्रता लिएकाे थियाे । दाेस्राे हाफकाे अन्तिम समयमा भने देउती कैलाशले सनसनीपूर्ण रूपमा १-१ काे बराबरी गर्याे । निर्धारित समयमा १-१ काे बराबरी भएपछि पेनाल्टीमार्फत नतिजा निकालियाे ।

पेनाल्टी सुटआउट मार्फत देउती कैलाशले उपाधि जित्न सफल भएकाे हाे । देउती कैलाशकाे जीत गाेलकिप्पर सुरज नेपाली नायक बने । उनले पेनाल्टीमा समाज चेतनाका खेलाडीका चार प्रहार राेके ।

निकै राेमाञ्चक बनेकाे पेनाल्टीमा समाज चेतनाका गाेलकिप्पर नरेश परियारले पनि देउती कैलाशका खेलाडीका तीन प्रहार राेकेपनि टाेलीलाई जिताउन सकेनन् । अन्तत देउती कैलाशले ३-२ गाेल अन्तरमा उपाधि जित्न सफल भएकाे हाे ।

प्रतियोगितामा देउती कैलाशका गाेलकिप्पर उत्कृष्ट गाेलकिप्पर घाेषित भए । उपाधि जितेसँगै देउती कैलाशले ट्रफी,मेडल,प्रमाणपत्रसहित नगद् ६६ हजार ६७० रूपैयाँ नगद् रूपैयाँ प्राप्त गरेकाे छ ।

उपविजेता बनेकाे समाज चेतनाले पनि ट्रफी,मेडल,प्रमाणपत्रसहित नगद् ३३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गरेकाे छ । प्रतियोगिताकाे उत्कृष्ट टिमका रूपमा लायन युवा क्लब पुरस्कृत भएकाे छ ।


समाज चेतना युवा क्लबका खेलाडी प्रकाश नेपाली उच्च गाेलकर्ता बने । देउती कैलाश युवा क्लबका ददि नेपाली उत्कृष्ट खेलाडी घाेषित भए ।

समापन समाराेहका प्रमुख अतिथि तथा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले प्रतियोगिताका कारण समाज लुकेर रहेका प्रतिभा जन्माउन भुमिका खेलेकाे बताए । उनका अनुसार यस्ता प्रतियोगिताले आफूहरूलाई गाउँगाउँमा दलित प्रतिभा खाेज्न प्रेरित भएकाे छ ।

समापन सत्रमा बाेल्दै आयाेजक दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले प्रतियोगिता ऐतिहासिक रूपमा सम्पन्न भएकाे बताए ।

उनका अनुसार दलित समुदायका युवाका लागि आयाेजना गरिएकाे प्रतियोगिताले नयाँ सन्देश प्रवाह गरेकाे छ । प्रतियोगिता कात्तिक १९ गतेदेखि सुरू भएकाे थियाे । प्रतियोगितामा १७ टिम सहभागी थिए ।