मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा ल्याईएको छ । कुल १ सय ४७ मीटर लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा शुक्रबार बाट उद्घघाटन गरि सञ्चालनमा ल्याईएकोे हो । छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको हो ।
मुगु जिल्लाकै लामो रहेको र चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घघाटन गरेका छन भने शिला उद्घघाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका छन्।
चैन खोलामा झोलुङ्गे पुल निमार्ण भएको संगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र छायाँनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरु लगायत स्थानीय लाई सहज हुनुका साथै बालबालिकालाई विद्यालय पुग्न सहज हुने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
यो पुल छायांनाथ रारा नगरपालिका १ वडा देखि ७ वडा सम्मका नागरिक र जुम्ला जानेहरुलागि अझ सहजहुने भएको छ ।
गत १०८१ साल बैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रा.लीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो ।
तर, पुल निर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिनाभित्रै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
चैनखोला झोलुङ्गे पुलउद्घघाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
चैनखोला झोलुङ्गे पुलमा सिसि क्यामारा सडक बत्ति संगै पुलको वारी पारी राष्ट्रिय झण्डा गाडिए संगै थप रौकन थपिएको छ ।
जुम्ला दर्पण । १६ कार्तिक २०८१, शुक्रबार १६:२०