एन्टिमाइक्राेवियल रेसिस्टेन्सबारे मिडिया सचेतना कार्यशाला

जुम्ला : कर्णाली प्रदेशका तीन जिल्लाका सञ्चारकर्मीहरूलाई एन्टिमाइक्राेवियल रेसिस्टेन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएकाे छ । जुम्लास्थित हाेटल काञ्जिराेवामा जुम्ला,मुगु र कालिकोटका पत्रकार/सञ्चारकर्मीहरूलाई एन्टिमाइक्राेवियल रेसिस्टन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आयाेजनामा एन्टिबायोटिक औषधिकाे अनुचित प्रयाेगका कारण विश्वले भाेगिरहेकाे विषयमा सञ्चारकर्मीहरूलाई प्रशिक्षण गरिएकाे थियाे ।

युएयआइडिसँगकाे सहकायर्यमा मन्त्रालयले एन्टि वायाेटिक ओषधि प्रयाेग गर्दा हुने असर,विश्वप्यापी अवस्था,नेपालकाे अवस्था र प्रयाेग गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएकाे हाे । तालिमकाे उद्घाटन सत्रमा बाेल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले जुम्लामा अध्यधिक रूपमा एन्टिबायोटिकहरूकाे प्रयाेग भइरहेकाे बताए । उनका अनुसार डाक्टरहरूकाे सल्लाह विना एन्टिबायोटिक प्रयाेग गर्ने क्रम राेक्नुपर्छ ।

चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ याेगीले जिल्लामा अनधिकृत रूपमा बिक्रीवितरण भइरहेकाे छ । एन्टिबायोटिक औषधिकाे सही प्रयाेगका विषयमा अब नगरले सचेतनामूलक कार्यक्रम गर्ने उनले बताए ।
`धेरैकाे अकालमा अकालमा ज्यानै जाने अवस्था छ । यसलाई राेक्नुपर्छ´, उनले भने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्लाका निर्देशक डाक्टर पुजन राेकायाले आवश्यक परेकाे बेला मात्रै एन्टिबायोटिक प्रयाेग गर्नुपर्ने बताए ।

एन्टिबायोटिक प्रयाेग गदर्दा त्यसकाे मात्रा पुरा गर्नेुपर्ने उनले बताए ।` चाहिएकाे बेला मात्र प्रयाेग गर्नुपर्छ,मात्रा मिलाएर सेवन गर्नुपर्छ । परामर्श लिएर एन्टिबायोटिक प्रयाेग गराै,´ उनले भने ।

युएएआइडीकी प्राेजेक्ट डाइरेक्टर डाक्टर विर्ना ट्याबका अनुसार परियाेजनाले नेपाल सरकारसँग मिलेर हाल काठमाडौं केन्द्रित भएर काम गरिरहेकाे छ । मन्त्रालयले देशभर उक्त कायर्यक्रम विस्तारकाे तयारी गरिरहेकाे छ ।कायर्शालामा डाक्टर सन्ताेष दुलालले  घातक स्वास्थ्य समस्या विरूद्व लडाइँ : नेपालमा एएमआर, विश्व र र नेपालकाे अवस्था र लैंगिक असमानताकाे प्रभाव एएमआरमा विषयमा डा. विविका श्रेष्ठले प्रशिक्षण दिएका दिए । एन्टिमाइक्राेवियल रेसिस्टेन्सका कारण सन २०५० सम्म एसियामा ४७ लाख ३० हजार मानिस मर्ने अनुमान छ ।

सन २०३० सम्म थप २ कराेड ४० लाख मानिस चरम गरिबीमा पर्ने र विश्व अथर्थतन्त्रमा १०० खरब अमेरिकी डलरकाे भार पर्ने अनुमान गरिएकाे छ । एन्टिमाइक्राेवियल रेसिस्टेन्सबाट नेपाल समेत अछुतो छैन ।