जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु

रेशम अनुराग -जुम्ला 

जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । आर्थिक तथा व्यापारिक गतिविधि बढाउन,रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने उदेश्यले विहिबारदेखि जुम्लामा बृहत महोत्सव सुरु भएको हाे


राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजनामा १० दिन लामो महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न ५०-६० स्टल बुक भईसकेका छन् । भने ८०-९० वटा जम्मा स्टल रहेका छन् ।

महोत्सवको प्रतिनिधिसभा सदस्य सांसद विनिता कठायतले उद्घाटन गरेकी छन् । कोरोनाले थलिएको अर्थतन्त्र र सुस्ताएको व्यापारलाई थोरै भएपनि मलम लगाउन मेला महोत्सवले राहत पुराउने बताईन । मनोरञ्जनसंगै भाषा संस्कृतिको संरक्षण पनि हुने उनको भनाई छ ।

गाउँपालिका राष्टीय महासंघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले जुम्लाको कृषि,पर्यटन,व्यापार तथा संस्कृतिलाई प्रर्बद्धन गर्न जरुरी रहेको बताए । महोत्सवमा राखिने स्टलहरु आयातित भन्दा पनि जुम्लाकै रैथानेबाली स्टलहरुलाईबढी प्रथामिकता दिनु पर्नेमा जोड दिए ।


त्यस्तै पूर्व राज्यमन्त्री गोमा कुँवर,जिसस प्रमुख गौरी नन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत स्थानीयतहका प्रमुखहरुले जुम्लामा धेरै वर्षपछि भएको बृहत्त महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला संस्कृतिको प्रर्बद्धनमा टेवा पुराउने उल्लेख गरे ।

महोत्सवमा प्रबेश शुल्क सर्वसाधारणलाई १५०,विद्यार्थीलाई कार्ड देखाएमा एकसय,र अपांग,जेष्ठ नागरिकलाई कार्डका आधारमा निशुल्क गरिने आयोजकले जनाएको छ । भने प्रतिस्टललाई प्रतिदिन एक हजारका दरले शुल्क लिईने छ ।

‘लोक, कला संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानिय उत्पादनको प्रर्वदन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आजदेखि सुरु हुने महोत्सव आगामी बैशाख २३ गते सम्म संचालन हुने छ ।

दर्शकको स्वास्थ्य उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हेल्थ डेस्क समेत राखिने छ । १० दिन सम्म संचालन हुने महोत्सवलाई सफल बनाउन आबश्यक समन्वय तथा सहयोग गरिदिन लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापाले सबै सरोकारवालाई अपिल गरेका छन् । स्रोत अभावका बीच पनि जुम्लाको कृषि पर्यटन कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरीएको उनको भनाई छ ।

साथै महोत्सवकै अबसरमा जुम्लाको नयाँ प्रतिभा पहिचान पनि गरिने छ । जस अन्तरर्गत महोत्सवमा देउडा,दोहोरी,एकल नाँच प्रतियोगिता गरिने लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए । उनका अनुसार उत्कृष्ट हुनेलाई आर्कषक पुरुष्कारको व्यवस्था गरिएको छ ।