जुम्ला : जुम्लाका गाेविन्द सुनारकाे क्रियटीभ डाइरेक्टर रहेकाे ममर्मस्पशर्शी गीत हिरूलाल सार्वजनिक भएकाे छ । कर्णालीकाे एक गरिब परिवारकाे अवस्थाकाे चित्रण गरिएकाे गीत सार्वजनिक भएकाे हाे । हिरूलाल : `द साेल अफ कर्णाली´काे कथा मर्मस्पर्शी छ ।
याे एक गरिब परिवारकाे कथा हाे । गीतलाई हरेक नेपालीकाे कथा भनिएकाे छ । गीतमा लाल बहादुर (चक्र बम) विदेश जान्छन् । गीतमा हिरूलालका रूपमा लाल बहादुरका छाेरा हुन् । गीतकाे कथा उनकै वरिपरि घुम्छ ।
गीत मार्फत विद्यामान नेपाली समाजकाे अवस्थालाई देखाउन खाेजिएकाे क्रियटीभ डाइरेक्टर सुनारले बताए । उनका अनुसार याे गीत कर्णालीका हरेक परिवारसँग मेल खान्छ । गीतका लेखक,क्रियटीभ डाइरेक्टर र प्राेडक्सन डिजाइनर गाेविन्द सुनार हुन् । सहायक निर्देशक,म्युजिक कम्पाेजिसनका रूपमा चक्र बम छन् ।
गीतमा चक्र बम,डिग्रा देवी र रचना रिमालकाे स्वर रहेकाे छ । गीतमा चक्र बम र रेणु याेगीकाे अभिनय रहेकाे छ । गीतकाे निर्देशन,कन्सेप्ट र कार्यकारी निर्माताका रूपमा रतन देवकोटा रहेका छन् । गीत रतन देवकोटाकाे युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।
जुम्ला दर्पण । १९ असार २०८१, बुधबार १६:४९