कविता : नारी

हाम्रै आमा, हाम्रै दिदी हाम्रै बहिनी होइनन् नारी?
अनि फेरि किन गर्छौ आफ्नैलाइ अन्याय र अत्याचार ?

घरमा परिवारमा शान्ति ल्याउने नारी
सबैको मुहारमा हासो छरिदिने यिनै छोरी हुन ।
सदैब स्वच्छ र निर्मल रहने गंगा हुन नारी
यो सन्सारको सृष्टिकर्ता हाम्रो जन्मदाता हुन नारी ।।

मैन बत्ति झैं आफू जलेर अरुलाइ उज्यालो छर्ने नारी
यो धर्तिको माटोमा ममत्वको अंकुरण फैलाउने नारी ।
आमा बनेर प्रेमको अमृत बर्षा छर्ने पनि नारी ।।
ममता र सहनशीलताकि खानी हुन नारी ,
मैन बत्ति झैं आफू जलेर अरुलाइ उज्यालो छर्ने नारी ।।

नारी यस्ती पात्र हुन जो बिना यो संसार कल्पना गर्न सकिँदैन ,।।
तर कस्तो बिडम्बना?
लिङ्गका आधारमा नारी घरभित्र सिमित भइ दबिनु पर्ने,
नेतृत्वको पहुँचबाट लुक्नु अनि छेकिनु पर्ने ,
प्रथाका नाममा गोठमा बसि तड्पिनु पर्ने
बिच बाटोमै बलत्कृत भइ मरिनु पर्ने ,
कस्तो हाम्रो समाज,
कस्तो हाम्रो चलन? ।।
✍️:सुरेश बिश्वकर्मा “सिकारु”
लिम्चुङ्बुङ-२ ताम्लिछा, उदयपुर