रामप्रकाश विक,जुम्ला :
आईएनएफ जुम्लाले गुठीचौर गाउँपालिकामा गरेका कामको सार्वनिक लेखा परिक्षण कार्यक्रम गरिएको छ। आईएनएफले गरेका कामहरुको सार्वजनिक लेखापरिक्षण गरिएको हो। गुठिचौमा सञ्चालित सामुदाय आधारित सामावेशी विकासद्धारा दिगो विकास (समृद्धि) परियोजनाको कामको सामाजिक लेखापरीक्षण सार्वजिक गरिएको छ।
सामुदाय आधारित सामावेशी विकासद्धारा दिगो (समृद्धि) परियोजनाको न्यून लगानी भएपनि प्रतिफल राम्रो देखिएको गाउँपालिका कार्यवाहक अध्यक्ष टिकादत्त न्यौपानेले बताए । उहाँले (समृद्धि) कार्यक्रम प्रभाकारी भएकाे बतए ।
अहिले गाँउघरमा आउने गैरसरकारी संस्था र आईएनएफमा फरक भएको बताउदै थोरै लगानी गर्दा राम्रो प्रतिफल मिलेको पायौँ। उनले भने,यो एउटा प्रतिनिधिमुलक योजना हो।
राम्रा काम धेरै भएको परियोजनाको बार्षिक सामाजिक लेखापरिक्षण कार्यक्रममा कार्यवाहक अध्यक्ष न्यौपानेले थपे । समृद्धि परियोजनाले विपतिमा पनि सहयोग पु¥याएको प्रशंसा गरे
सामाजिक लेखा परीक्षणको कार्यक्रममा गुठीचौर गाउँपालिकामा गरिएका कार्यक्रमहरुको बिषयमा जानकारी गरिएको छ, आईएनएफ नेपाल जुम्लाका समृद्धि परयोजना अधिकृत विजय आचार्यले कार्यप्रगतिको प्रस्तुतीकरण गरेका थिए ।
आईएनएफले गुठिचौरमा अपाङ्गता भएका व्यक्तिहरू एकताबद्ध, अपाङ्गता समावेशी नीति तथा कार्यक्रमका लागि स्थानीय सरकारलाई आफ्नो प्रणाली र संयन्त्रलाई सुदृढ गर्न सहयोग गरिएको बताए ।
लचिलो वातावरणमा स्वास्थ्य,शिक्षा,जीविकोपार्जनका अवसर, डीआरआर र वास सुविधा र सेवाहरूमा अपाङ्गता भएका पुरुष, महिला, केटा र केटीहरूको पहुँच वृद्धि गरेको उनको भनाई छ ।
अपाङ्गता भएका व्यक्ति तथा तिनका प्रतिनिधिमूलक संस्थाहरूको थप प्रभावकारी संलग्नता र सहभागितामार्फत अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण नीतिगत प्राथमिकता निर्माण गर्न स्थानीय सरकारलाई सहयोग गरेको कार्यक्रम अधिकृत आचार्यले जानकारि दिए।
अपांगता भएका व्यक्तिको शशक्तिकरण तथा जिविकोपार्जन लागि सामुदाय आधारित सामावेशि विकासद्धारा दिगो विकास(समृद्धि) परियोजना अन्तरगत भईरहेका कामहरुको जानकारी गरिएको हो ।
पालिकाको मुकाम धवलमूडिमा सम्पन्न गरिएको सामाजिक लेखापरीक्षण कार्यक्रममा २४ वटा अपांगता समुहहरु स्थापित, २४ वटा अपांगता स्वाबलम्बन समुहलाई बिउ पुजीको रुपमा ३५ हजार रुपैया तथा नियमित बचत उपलब्ध गराई त्यस समुहका सदस्यलाई आयआर्जनका कार्यहरुमा जोड् दिएको जनाउनु भयो। गुठीचाैर र पातरासी गाँउपालिकाका २४ जना अपांगता भएका ब्यक्तिलाई प्रति ब्यक्ति ४० हजार रुपैयाका दरले ब्यवसायिक कार्यका लागि सहयोग रकम उपलब्ध गराएको आचार्यले जानकारी दिए।
बिद्यालय बाहिर रहेका अपांगता भएका ४८ जना वालवालिकालाई शैक्षिक समाग्री सहयोग प्रदान,४४ जना अपांगता भएका ब्यक्तिलाई आबश्यक्ताका आधारमा अपांगता सामाग्री सहयोग,१३ जना अपांगता भएका ब्यक्तिलाई यस बर्षको अवधीमा औषधी उपचारमा सहयोग गरिएको थियो ।
यसैगरी सामुदाय आधारित सामावेशी विकासद्धारा दिगो विकास(समृद्धि) परियोजनाको रु ५२ लाख ५७ हजार ८सय ५२ रुपिया मध्ये ३७ लाख ४१ हजार ५सय ७७ रुपियाँ खर्च भएको परियोजना संयोजक आचार्यले जानकारी दिए । गाउँपालिकाको ५ वटै वडामा सञ्चालन गरिएको परियोजनाले अपांग सशक्तिकरण तथा जिविकोपार्जन टेवा पुगेको छ।
महिला तथा पुरुषको स्वावलम्बन समुह गठन गरी विभिन्न क्षमता अभिबृद्धिका कार्यक्रम गर्नुका साथै टोलटोलमा साना विकासको कार्य कसरी गर्ने भनेर नियमित सहजीकरण गरिएको आईएनएफ जुम्लाकी सिएम तिर्सना बुढाले बताए । अपांगता भएका व्यक्तिको समास्या घटना तथा जोखिममा कमी ल्याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताए ।
आईएनएफले अपांगता भएका व्यक्तिलाई आवश्यकताको आधारमा सामग्री वितरण, स्वावलम्बन समुहका सदस्यलाई अपांगता भएका व्यक्तिलाई हुने शोषण सम्वन्धी सचेतीकरण जस्ता क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ।
सामाजिक लेखा परीक्षणमा गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत अम्मर राज गिरिले समुदायमा आईएनएफले संचालन गरेका क्रियाकलाप प्रभावकारी भएको बताए । निमित्त प्रशासकीय अधिकृत गिरिले सरकारले गर्न नसकेको काम आईएनएफले गरेको प्रंशसा गरे । आईएनएफले स्थानीय सरकारको निति कार्यक्रम मार्फत बजेट समेटेर काम गरिरहेकोमा जोड दिए।
अपांगता भएका व्यत्तिका लागी नीति बनिसकेको अब काम गर्न सहयोग पुग्ने वताउनुभयो। साझा पहल भेलाका लागी अध्यक्ष र उपाध्यक्ष आएपछि सहजीकरण गर्ने आश्वासन दिए ।
सामाजिक लेखापरीक्षणमा आईएनएफ परियोजना संयोजक विजय आचार्यले आईएनएफले गरेका काममा स्थानीय सरकारले समेत पुरागर्न सकिने बताउदै आईएनएफलाई माया ममता गर्ने सवैलाई धन्यवाद दिनुभयो। सामाजिक लेखा परीक्षणमा कार्यक्रममा विभिन्नले सुझाव दिनुका साथै छलफलमा उठेका प्रश्नको जवाफ दिए ।
जुम्ला दर्पण । २४ कार्तिक २०८०, शुक्रबार १४:२३