डोल्पाबाट बिरामी बाेकेकाे हेलिकप्टर सुर्खेतमा आकस्मिक अवतरण

सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो ।

मौसम खराबीका कारण लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा केहीबेर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हेलिकप्टर अवतरण गरेर बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।