जुम्ला : जिल्लाकाे पातारासी-६ घाेगेसिमस्थित उभुरकाेटमा वृक्षारोपण गरिएकाे छ । साेमबार एक समारोहका बीच `जलेकाे वन, रून्छ मन बिरुवा राेपी जाेगाउ वन´ भन्ने मुल नाराका साथ उभुरकाेटमा वृक्षारोपण गरिएकाे हाे ।

उभुरकाेट क्षेत्र गैडापातल सामुदायिक वन उपभोक्ता समितिमा पर्दछ । समितिका अध्यक्ष गीता बुढाका अनुसार उक्त क्षेत्रमा ४ हजार सल्लाका बिरुवा राेपिएकाे छ ।
साेमबार वृक्षाराेपण गरिएकाे उभुरकाेट क्षेत्रमा बैशाख १३ गते आगलागी भएकाे थियाे । आगलागीबाट हजारौं बाेटबिरूवामा क्षति पुगेकाे र नयाँ बिरुवा उमार्नकाे लागि वृक्षारोपण गरिएकाे अध्यक्ष बुढाले बताइन् । उनले भनिन्,`राेपेका बिरुवा हाम्रै वन क्षेत्रका हुन् । थिनिङ गरेर राेपिएकाे हाे ।´
वृक्षारोपण कार्यक्रममा नाैमुडे सामुदायिक वन उपभोक्ता समितिका स्थानीयकाे समेत सहभागी रहेकाे थियाे । गैडापातल सामुदायिक वन उपभोक्ता समिति,नाैमुडे सामुदायिक वन उपभोक्ता समितिकाे आयाेजना र पातारासी गाउँपालिकाकाे सहयाेगमा वृक्षारोपण गरिएकाे हाे ।
समितिकै अगुवाइमा धार्मिक क्षेत्र नाैमुडे काँधमा पनि गरिएकाे २ हजार ८ सय ८७ वटा बिरूवा राेपिएकाे अध्यक्ष बुढाकाे भनाइ छ । सामुदायिक वन क्षेत्रमै एकसातापछि वृक्षारोपण गर्ने याेजना रहेकाे उनले बताइन् ।
वृक्षारोपण कार्यक्रमपछि आयाेजित कायर्यक्रममा बाेल्दै पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले समुदायकाे अगुवाइमा वृक्षारोपण गरिनु सकारात्मक कार्य रहेकाे बताइन् ।
सामुदायिक वन क्षेत्रकाे विकासकाे लागि स्थानीय सरकार तप्पर रहेकाे उनले बताइन् । गत आ.व.मा पातारासी गाउँपालिकाकाे १० लाख सहयाेगमा खानेपानी पुर्याइएकाे छ ।
उक्त अवसरमा बाेल्दै उपाध्यक्ष राेकायाले गैडापातल र नाैमुुडे सामुदायिक वन समितिकाे विकास,पदाधिकारीहरूकाे क्षमताका लागि एक/एक लाख रूपैयाँ सहयाेग गर्ने प्रतिबद्धता जनाइन् ।
नाैमुडे सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष जानु कठायत बाेहाेराले दुवै वन क्षेत्रका स्थानीयकाे सहभागीतामा वृक्षारोपण गरिएकाे भन्दै संरक्षणमा ध्यान दिनुपर्नेमा जाेड दिइन् ।
वृक्षारोपण कार्यक्रमममा २७० जना भन्दा बढी स्थानीयकाे सहभागिता रहेकाे रहेकाे युवा ऐन बहादुर कठायतले बताए ।
जुम्ला दर्पण । १४ श्रावण २०८१, सोमबार २१:४१