कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका बिरामीलाई फलफूल वितरण

जुम्ला : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा जुम्ला कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा फलफूल वितरण गरिएकाे छ ।

दिवसकाे अवसर पारेर प्रतिष्ठानमा उपचाररत विपन्न बिरामीहरूलाई फलफूल वितरण गरिएकाे हाे । युवा संघकि शारदा पछाई लगायतका नेताहरूकाे उपस्थितिमा बिरामीहरूलाई फलफूल वितरण गरीएकाे युवा संघ नेपालकम केन्द्रिय सदस्य हरिस राेकायाले बताए ।

उनका अनुसार दिवसकाे अवसर पारेर सामाजिक कार्य गर्ने उद्देश्यले फलफूल वितरण गरिएकाे हाे । दिवसकाे अवसरमा बिरामी र कुरूवासहित सय जनालाई फलफूल विरतण गरिएकाे हाे ।