शुुभाकर विश्वकर्मा,जुम्ला
हिमा-३ स्थित रूम्तु चार वर्ष अघिसम्म सुख्खा भिरालाे पाखाे मात्र थियाे । हाल उक्त भिरालो पाखाे कृषिमय भएकाे छ । एक व्यक्तिले चाहेमा कति छिट्टै विकास/ परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेकाे छ,रूम्तु क्षेत्र ।
गाेपाल राेकाया (प्रविण) नेकपा (माओवादी केन्द्र) नेता हुन् । चार वर्ष शिक्षण पेसा अंगाले । अहिले उनी पूर्णकालीन कृषि पेसामा आवद्व छन् । उनकै अथक परिश्रम र मेहेनतले
दुर्गम ठाउँको मुहार फेरिएको हाे ।
उनी व्यवसायिक कृषि (ओखर) खेती गर्छन् ।
हिमाकै पहिलो व्यवसायिक ओखर खेती रूपमा अहिले प्रसिद्धी कमाएकाे छ याे रूम्तुले । माेफ्ला गाउँदेखि तीन किलोमिटरकाे दुरीमा रहेकाे रूम्तुसम्म ग्रामीण सडक पुगेकाे छ ।
हिमा-३ माेफ्लाबाट ३ किलोमिटर दुरी पार गरेर पुगिन्छ-हिमा कै पहिलाे तथा सबै भन्दा ठुलाे कृषि फर्म रून्तु ।
सञ्चालक,किसानदेखि हेरालाेकाे रूपमा काम गरिरहेका राेकायाले चार वर्षदेखि उक्त कृषि फर्मकाे नेतृत्व गरिरहेका छन् । राजनीतिदेखि मास्टरीसम्म गरेका राेकायाकाे परिकल्पना,इच्छा शक्ति र लगनशीलताका कारण सुख्खा रूम्तु उर्वर बनेकाे छ ।
गाेपालले माेफ्लाकाे रूम्तु क्षेत्रलाई कृषिमय बनाएका छन् । एक विगाहा क्षेत्रफलमा कृषि कर्म फस्टाएकाे छ । उक्त गाउँमा उनी एक्ला युवा उद्यमी हुन् । व्यक्तिगत र बैकिङ लाेन गरेर कुल १ कराेड जति लगानी मात्रै गरेका छन् ।
ठुलाे लगानी उनले अनेक सम्भावनाहरू त्यागेर कृषि कर्म राेजे । राजनीतिक क्रान्ति भन्दा पहिला कृषि क्रान्ति हुनुपर्ने उनकाे मत छ ।
उनले याे व्यवसाय सुरू गरेकाे चार वर्ष भयाे । उनले एउटै ठाउँमा धेरै व्यवसाय गरेका छन्। सबै भन्दा धेरै ओेखरकाे नर्सरी छ । लाेकल र फुजी स्याउकाे बगैंचा नै रहेकाे छ । खरायाे पालेका छन् । बाख्रा समेत छन् । त्यहीँ भित्र माछा पाेखरी समेत रहेकाे छ ।
अनुसन्धानकाेे लागि याे वर्षबाट केसर खेतीसमेत सुरू गरेका छन् । गाेपालले गत वर्ष दश हजार वटा ओखरका बिरूवा लगाएका थिए ।
उनले हाल ओखरका बिरूवा बेचेर मात्रै मनग्य आम्दानी गरिरहेका छन् । पहिलाे वर्ष चन्दननाथ नगरपालिकालाई साढे सात लाखकाे ओखरका बिरूवा बेचे ।
दाेस्राे वर्ष सिञ्जा गाउँपालिकालाई ११ लाखकाे बिरूवा बेेचेकाे उनले बताए । तेस्रो वर्ष हिमा गाउँपालिकाले १३ लाखकाे बिरूवा किन्याे । यस्तै दश लाख मुल्य बराबरका ओखरका बिरूवा सुपर जाेनले समेत किनेकाे गाेपाल बताउँछन् ।
यस्तै उनले साढे चार सय वटा स्याउ समेत लगाएका छन्। स्याउले पनि फल दिन थालिसकेको छ । उनी स्याउ र स्याउका चानासमेत बिक्री गरेर आम्दानी गर्दै आएका छन् । याे वषर्ष मात्रै २१ लाखकाे काराेबार गरे उनले ।
उनकाे पाँच जनाकाे परिवार छ । एक छाेरा र दुई छाेरी छन् । श्रीमतीसहित पाँच जनाकाे परिवार कृषि कर्म गरेर पाल्दै आएका छन् । घर खर्चदेखि छाेराछाेरी पढाइ समेत यसैबाट जाेहाे भइरहेकाे उनकाे भनाइ छ ।
जेठी छाेरीलाई आइस्सी एजी पढाए,बुटवलमा । कान्छी छाेरी जुम्ला बहुमुखी क्याम्पसमा विविएस पढिरहेकी छन् । छाेरा भने बुटवलमा विज्ञान विषय लिएर पढ्दैछन् ।
राजनीति र शिक्षण पेशा छाेडेर कृषिमा लाग्नु भयाे ? याे रहर हाे की बाध्यता भन्ने प्रश्नमा उनी भन्छन्,राजनीति गर्नलाई पहिला आत्मनिर्भर हुनुपर्छ । नत्र कुरा गरेर मात्र काम छैन । आफुले साेचेका काेरा कल्पना र सपना पुरा गर्न कृषि कर्म राेजेकाे हु ।
जनताकाे आधारभुत जीवनस्तर माथि उठाउने भनेकाे कृषि नै हाे । अहिले मैले गरिरहेकाे काम भाेलीकाे मेराे समाजसेवा राजनीतिकाे लागि आधार हाे ।
आफु आत्मनिर्भर नभईकन अरूलाई आत्मनिर्भर बन भन्न सकिन्न । हामी माक्र्सवादका कुरा गछर्छाै । जनतालाई मासु भात पनि पुगेकाे छैन ।
आत्मनिर्भरता बिना राजनीतिकाे लागि कल्पना गर्न सकिन्न । राजनीति गनर्ने नेता तथा कमर्मचारीहरू उत्पादनमा नजाेडिएका कारण भ्रष्टाचार माैलाएकाे हाे ।
धेरैले राजनीतिमा जाेडिनु पर्याे भन्नुहुन्छ । म भन्छु, याे पनि राजनीति हाे । एक अर्काे रूप हाे । मैले भाषण मात्रै गर्नु भन्दा उत्पादनमा पनि जाेडिउ भन्ने सन्देश दिन चाहेकाे छु । यस्तो कायर्यमा सबै जाेडिए भने भाेली व्यक्ति,समाज मात्र हाेइन देशै समृद्ध बन्छ ।
जग्गा नभएका काेेही पनि छैनौं । मेहेनत गराै । आत्मनिर्भर बनाै । अब कुरा गर्ने भन्दा पनि काम गर्ने हाे ।
कृषि कमर्म गनर्नेलाई राज्यले अनुदान भन्दापनि ऋण उपलब्ध गराउनुपर्ने तर्क गर्छन् उनी ।
देशमा राेजगारीकाे अवसर सिर्जना नभएका कारण युवा जनशक्ति विदेशिने क्रम डरलाग्दो छ । उनी युवालाई स्वदेशमा कर्म गर्न सुझाउन्छन् । भन्छन्,` युवाहरू अल्छी नबनम् । प्रकृतिले अथाह सम्भावना दिएकाे छ । सही सदुपयोग गराै । मानिस आत्मनिर्भर हुने क्षेत्र कृषि हाे । ´
राजनीतिक जीवन
गाेपाल २०५९ मंसिर १२ गते भुमिगत भएका थिए । करिब एक दशक उनी सक्रिय राजनीतिमा जाेडिए । साे अवसरमा विभिन्न जिम्मेवारीमा समेत रहे । भुमिगत कालमा सिन्जा कमाण्डकाे सचिवकाे जिम्मेवारी निभाए ।
२०६३ मा अखिल जुम्लाको सचिव भएका उनी अध्यक्षपनि भए । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुदैँ स्वावियु काउन्सिलमा समेत केही समय महत्त्वपूर्ण जिम्मेवारी मा रहे । पछि भेरी कर्णाली सेती महाकाली राष्ट्रिय बुद्धिजीवी संगठनमा काम गरे ।
२०६४ मा जुम्ला बहुमुखी क्याम्पसकाे स्ववियु सभापति बने । २०६७ सालमा देवी खड्का भाैतिक पुर्वाधार राज्यमन्त्री हुँदा स्वकीय सचिवकाे जिम्मेवारमा रहे । हाल हिरासतमा रहेका टाेप बहादुर रायमाझी शान्ति तथा पुन निमर्माण मन्त्री हुँदापनि स्वकीय सचिवकाे जिम्मेवारीमा रहेे ।
डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी राहत शिक्षक नियुक्त भए । राहदेव मावि चार वर्ष शिक्षण गरेका उनी राजनीति र मास्टरी छाेडेर कृषि पेसा अंगालेका हुन् ।
जुम्ला दर्पण । २३ मंसिर २०८०, शनिबार १८:१७