शसस्त्र प्रहरी बलकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जुम्ला : श्री शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा, जुम्लाकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । शसस्त्र प्रहरी बलकाे नवनिर्मित नयाँ भवन बनेकाे तातोपानी-५ स्थित फानचाैरमा शुभकामना बडा खाना कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा बाेल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले गिडिदह तथा तातोपानी धारा लगायत तातोपानीका गाैरव भएकाे बताए ।

तातोपानीमा सुरक्षा निकायकाे संरचना निर्माण हुनु सकारात्मक भएकाे उनकाे भनाई छ ।अझै संरचना निमार्ण गर्न बाँकी रहेकाेले सहयाेगकाे लागि पहल गरिदिन आग्रह  उनले आग्रह गरेका छन् ।
यस्तै ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले तातोपानी गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा अगुवाहरूकाे पहलमा हेड क्वाटर स्थापना गरिएकाे बताए ।

हेड क्वाटर स्थापना गर्दा धेरै बाधा र व्यावधान खेप्नु परेकाे अध्यक्ष चाैलागाईले बताए । आफू निर्वाचित भएपछि १८ जना जग्गादाताकाे सहयाेगमा  २२ हजार वर्ग मीटरमा खुलाउन सम्भव उनकाे भनाई छ ।

उक्त अवसरमा जग्गादाताहरूलाई दाेसल्लासहित सम्मान गरिएकाे थियाे । शुभकामना कार्यक्रममा जिल्लास्थित सराेकारवालाहरूकाे सहभागीता रहेकाे थियाे ।