जङगली च्याउ खाएर जुम्लाकी एउटा वृद्रा महिला बेहोस

डिल्ली कामी जुम्ला
जुम्ला तातोपानी गाउपालिका वडा नंस्४ जयतपुर निवासि ६५ वर्षिय चाउरी कामी जङगली च्याउ खाएर वेहोस भएकी हुन।उहाँले मंगलवार विहान जङगलमा गाइ चराउन जाने सिलसिलामा च्याउ टिपेर ल्याउनु भएको थियो।

मंगलवार दिउसो खाजा खाने समयमा तरकारीको रुपमा पकाएर खादा उहाँ खाएको केहि समयमा नै वेहोस हुनुभएको हो । उहाँका कान्छा छोरा मिम राज कामीका अनुसार मुख वाट फिज फाल्ने शरीर काम्ने बोल्न नसक्ने भएपछि तुरुन्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको उहाँले बताउनु भयो।

यो सिजनमा च्याउ प्रसस्त हुने र च्याउको प्रजाति थाहाँ नपाइ जथाभावी सेवन गर्नाले यस्तो अवस्था आइपर्ने स्थानीय कमल कामीले बताउनु भयो। उहाँको अहिलेको अवस्था गम्विर रहेको अस्पतालले जनाएको छ।साथै प्रहरीले जथाभावी जङ्गली च्याउको सेवन नगर्न आग्रह पनि गरेको छ।