तातोपानी -५ द्वारा जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ५ ले जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गरेकाे छ ।

चालू आर्थिक वर्षकाे लक्षित वर्ष कायर्यक्रम अन्तर्गत वडाका जेष्ठ नागरिकहरूलाई न्यानाे कपडा वितरण गरिएकाे हाे । वडामा रहेका ६० वर्ष माथिका , ७० वर्ष मुनिका जेष्ठ नागरिकलाई वितरण गरिएकाे वडाअध्यक्ष छिरिङ महतले बताए ।

उनका अनुसार हालसालै ७० वर्ष पुगेका वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भयका नागरिकलाई सम्मान स्वरूप न्यानाे कपडा वितरण गरिएकाे वडाअध्यक्ष महतले बताए ।

उनका अनुसार न्यानाे कपडा वितरणका साथै रितिथिति व्यवस्थापन र वन समितिलाई सम्मान गरिएकाे उनकाे भनाइ छ । चालु आ.व.काे कायर्यक्रम अन्तर्गत सम्मान गरिएकाे हाे । जाडाेमा जेष्ठ नागरिकलाई न्यानाे हाेस् भनेर वडाकाे तफर्फबाट निःशुल्क वितरण गरेका छाै,´ वडा अध्यक्ष महतले भने ।

न्यानाे कपडन वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाई र उपाध्यक्ष रेवती रावलकाे सहभागीता रहेकाे थियाे ।