स्थानीय सरकार सञ्चालन कानु बमोजिम कार्य नगरेको भन्दै तिला गाउँपालिका कार्यालय तालाबन्दी

जुम्लाको तिला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन कानु वमोजिम कार्य नगरेको भन्दै नेपाली काँग्रेस तिला गाउँपालिका कार्यसमितिले गाउँपालिका कार्यालय तालाबन्दी गरेको छ। गाउँपालिकाले स्थानीय सरकार सञ्चालन कानु वमोजिम कार्य नगरी जनभावना अनुरुपका कार्य गर्दा ताला बन्दी गरिएको हो।

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागु भई सो कानुन अनुसार स्थानीय तहले आफ्ना काम कार्वाही संचालन गर्नु पर्नेमा तिला गाउँपालिकाले जनभावना अनुरुप काम नगर्न पटक–पटक ध्यान आकर्षण गर्दा पनि नरोके को भन्दै आइतबार तालबन्दी गरी  प्रेस विज्ञप्ती निकाल्न बाध्य भएको तिला गाउँपालिका पार्टी  सभापति भक्त बहादुर रोकायाले बताए ।

उहाँका अनुसार संघ ,प्रदेश र स्थानीय तह विचको सहकारिता,सहअस्तित्व, समन्वय गरी जनसहभागिता, उत्तरदायित्व ,पारदर्शिता गर्न माग गरेको बताए । वेथितीपूर्ण कार्यहरु तत्काल रोकी कानुन वमोजिम कार्य गर्न प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ताला बन्दी तथा प्रेस विज्ञप्ती मार्फत उठाएका मुद्दालाई सम्बोधन नगरे आन्दोलनका कार्यक्रमहरु नर्ग बाध्य हुने जनाइएको छ ।