प्रेम उस्तै छ

मेरो परिस्थिति बद्लियो केही गुनासो छैन्
तिम्रो मन बद्लिनु स्वभाविक नै हो
तर झै तिमी प्रतिको प्रेम उस्तै छ ।
तिमीलाई देख्दा रमाउने अनि,
तिमी हाँसेको देख्दा खुसी हुने मन उस्तै छ ।

जीवनमा पिडाको वर्षा खुसीको गति सुस्तै छ
तर अझै तिमी प्रतिको प्रेम उस्तै छ ।
याद आउँदा बेस्सरी मुर्छा पर्छु मध्य रातमा
मन दुख्दै छ तर अझै तिमी प्रतिको प्रेम उस्तै छ ।
हक जताउन सक्दिनँ ।

अब आफ्नै हौं भनि बताउन सक्दिनँ
माया लाग्दैछ भनि तर,
अझै तिमी प्रतिको प्रेम उस्तै छ ।
गहभरी आशु टिलपिल हुँदा पनि खसाउन सक्दिनँ तिम्रो मन दुख्ला भनि तर,
अझै तिमी प्रतिको प्रेम उस्तै छ ।
थाहा छ बद्लियो समय,परिस्थिति,साथ,सम्बन्ध तर अझै तिमी प्रतिको प्रेम उस्तै छ ।

-पवित्रा विश्वकर्मा