म आफै सुनिरहेको छिए
म भित्रका आवाजहरु
भैसो दुहि आयाकि छु
ए मेरा दाजु खिर बनाई ल्यायाकि छु
बैनी र मरुभूमिमा कुनै फरक छिएन
बाढिले खाएका उसका आँखा
बाढी जस्सै बगिरहे
पछि पछि सम्म
म तुलसिको मठ छेओमै
निदाएको छिए
म निदाएको छिए
धर्मको बिष बिछ्याईएको
रगतको धर्तिमा
म निदाएको छिए
सुस्त सुस्त खत्तम हुँदै गएको
छारोको डोरीमा
म तुलसिको मठ छेओमै
निदाएको छिए
ए मेरा परान
आगाका बन
छिरेका धरती
म कसरी बाचुली?
सन्सार हेर्ने उसका दुबै आँखा
यतिबेला
बाबीयाका धागाले बाधिएका छन
उ देखि रहेकी छे
यसपछिका बर्षहरु
जम्मै
अध्यारै अध्यारा
म तुलसिको मठ छेओमै
निदाएको छिए
म निदाएको छिए
कलिलै उमेरमा
बिधुवा भएकी मतारीका काखैमा
म निदाएको छिए
आफ्नै आखाको डिलको किनारामा
म निदाएको छिए
रक्तिम कलिलो घाम
बस्ती बसेको बस्तिमा
म निदाएको छिए
कोहि भोकै मर्न हुन्न भनी
जहर खाई
धानका गडामा
आत्महत्या गरेका
मेरा बुवा गयाका बाटामा
म निदाएको छिए
जंगली सत्ता
डर लाग्दा ब्वासा
खाली क्यानभास
मसिको चित्रमा
म निदाएको छिए
एक कबिता लेख्न
एक जिन्दगी सकेको
मेरो आफ्नै घरमा
ती आवाजहरु म भित्रै छन
आज
एक प्रेमी निदाएको छ
पर बकैनाका रुखनेर बसिकन
रोईरहेकी थि गौथली
आज
एक घर निदाएको छ
अथाराका धुरीबाट
बोली रहेथ्यो बिरालो
आज
एक साथी निदाएको छ
रुदै रुदै
भट्टिमा थपिरहेथ्यो पेग
मार्छु भनी आएको साथी
सताब्दी दुखी
मेरी आमाको सिरान
मेरो छातिमा छ
म तुलसिको मठ छेओमै छु
म निदाएको छु
– दोस्ताज महेश
जुम्ला दर्पण । २२ भाद्र २०८१, शनिबार ११:०३