जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले नेपालकै सबैभन्दा जेठो जुम्ला स्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छन् । विहिबार सुर्खेतबाट मुगु राराताल हुदैँ जुम्ला पुग्नु भएकी प्रधानमन्त्री कार्कीले सदरमुकाम खलंगाको उत्तरमा रहेको कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी हुन् ।
प्रधानमन्त्रीका साथ प्रमुख जिल्ला अधिकारी दीपक पौडेल सहित नम्बर २४ बाहिनी अड्डाले विशेष सुरक्षा दिएर शिक्षालयको अवलोकन गराएको छ । शिक्षालयको छेउमा निर्माण भईरहेको एक मेगावाट सौर्य उर्जाको समेत अवलोनक र जुम्ला सदरमुकामको अवलोकन गरिन् ।
२०३७ सालमा स्थापना भएको शिक्षालय देशकै प्राविधिक शिक्षाको धरोहर हो । यहाँका कर्णालीका १० जिल्ला सहितका हजारौ विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । उक्त शिक्षालयमा अध्ययन गरेका ४ हजार बढी जनशक्ति रोजगार भईसकेका छन् ।
यदपी राज्यको उपेक्षाका कारण शिक्षालय स्तरोन्नति हुन सकेको छैन् । प्रधानमन्त्री कार्कीको भ्रमण अवलोकनले शिक्षालयको सम्भावना, समस्या र स्तरोन्नतिको विषयले प्रथामिकता पाउने जुम्लाबासीको अपेक्षा छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले शिक्षालयको अनुगमन पश्चात पुन बाहिनीमा आएर प्रधानमन्त्री कार्कीले आराम गरिरहेको बताए ।
भ्रमण अनौपचारिक भएकाले धेरै चहल पहल नगरी भ्रमण गर्नु भएको छ । प्रजिअ पौडेलका अनुसार प्रधानमन्त्री कार्कीको आज रातीको बास पनि जुम्लामै हुने छ । भने भोली विहान प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरको दर्शन गरेर जुम्लाबाट फर्किने तालिका रहेको छ । यदपी भोली विहान कति बजे मन्दिरमा दर्शन गर्ने भन्ने कुरा समेत तय भईसकेको छैन् ।

डिल्ली कामी । ५ चैत्र २०८२, बिहीबार १५:२०