खप्तड विकास समितिको अध्यक्षमा जमुना चन्द नियुक्त

खप्तड क्षेत्रको समग्र विकास र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले खप्तड विकास समितिको अध्यक्षमा जमुना चन्द नियुक्त भएकी छन्। चन्द बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १० निवासी हुन्।
समितिको सदस्यमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी नियुक्ति गरिएको छ। सदस्यहरूमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङका गोकुलदेवी सिंह रहेका छन्।
नवनियुक्त अध्यक्ष चन्दले खप्तड क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्दै पूर्वाधार विकास, वातावरण संरक्षण र स्थानीय रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरी खप्तडलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना अघि बढाइने बताइन्।
खप्तड क्षेत्र धार्मिक, पर्यटकीय तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ। नयाँ नेतृत्व आएपछि यसको दिगो विकासमा थप गति आउने अपेक्षा गरिएको छ।