भुकम्पमा परी जुम्लाका केही स्थानीय घाइते (विवरणसहित)

जुम्ला:  शुक्रबार राति जाजरकोटकाे रानी डाँडा केन्द्रविन्दु बनाएर आएकाे भुकम्पका कारण जुम्लापनि सामान्य रूपमा प्रभावित भएकाे छ ।

६.४ रेक्टर स्केलको भूकम्प जादा जुम्लामा भाैतिक संरचनामा क्षति हुनुका साथै केही मानिस साेत सामान्य घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार जिल्लाका विभिन्न पालिकामा केही मानिस सामान्य  घाइते भएका छन् ।

यसैगरी केही विद्यालयका भवन समेत भत्किएको जनाइएकाे छ । भुकम्पमा परी तातोपानी गाउँपालिका वडा नं. ३ निवासी सिर्जना गौतम र उनको छोरा ११ महिनाको आयुष गौतमको आँखामा चोट लागेर सामान्य घाइते भएका छन् । आायुषकाे स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ ।

साेही वडा निवासी १४ वर्षीय निराजन उपाध्याय पनि घाइते भएकाे कार्यालयले जनाएकाे छ ।

तिला गाउँपालिका वडा ननम्बर ३ डाँगीवाडा निवासी ११ वर्षीया सपना थापालाई सामान्य चोट लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ४ निवासी हरि बहादुर खत्रीकाे खुट्टामा चाेट लागेकाे छ ।

उनी सुतेको बेला घरको पर्खाल चर्किएर खस्दा आफू भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको र मानवीय क्षति हुन बाट बचेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका वडा नं. ३, ५ र ९ मा रहेका केही घरहरू र बिद्यालयहरुको पर्खाल चर्किएको बताइएको छ ।

भने यता चन्दननाथ नगरपालिका वडा नं. ८ निवासी बर्ष ४६ को बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको विवरणमा उल्लेख गरिएको छ । भुकम्पका जाजरकोट र रूकुम पश्चिममा सबैभन्दा बढी क्षति भएकाे छ ।