अध्यक्ष चौलागाईं द्वारा आफ्नो जन्मदिनका अबसरमा जेष्ठनागरिक तथा अशक्तलाई सहयोग

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले आफ्नो जन्मदिनका अबसरमा जेष्ठनागरिक तथा अशक्त भएकालाई सहयोग प्रदान गरेका छन् । ३९ औं जन्मदिनका अबसरमा शुक्रबार तातोपानी गाउँपालिका वडा नं ५का जेष्ठ नागरिक, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई सम्मान स्वरुप सहयोग प्रदान गरिएको हो ।
शुक्रबार तातोपानी-५ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त वडाका १५ जना अति अशक्त तथा जेष्ठ नागरिकलाई पछ्यौरा,ढाका टोपी,मोफ्लर र फलफूल वितरण गरिएको हो ।
८७ बर्षका जेष्ठनागरिक कृष्ण रावतको सभाध्यक्षता तथा
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सहयोग प्रदान गरिएको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले जन्मदिनका नाममा गरिने फजुल खर्चलाई सामाजिक सेवामा लगानी गर्नु पर्ने गतिलो सन्देश दिएकोमा जन्मदिनको शुभकामना सहित धन्यबाद दिए ।
महंगो खर्च गरेर जन्मदिन मनाउने प्रबृत्ती बढ्दै गएको अबस्थामा अशक्त, जेष्ठनागरिक संग रमाउने, सहयोग गर्ने जस्तो परोपकारी काम गरेर यूवाहरुमा उर्जा थपेको तातोपानी-५ का अध्यक्ष छिरिङ महतले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले जन्मदिनलाइ तडक भडक रुपमा नभई होटलमा हुने खर्च जेष्ठ नागरिक र अशक्तका लागि गर्नु पर्छ भन्ने भावनाले सहयोग गरेको बताए ।


´सुरुवात स्वरुप थोरै सहयोग प्रदान गरेको छु,` उनले भने,´थोरे भएपनि जेष्ठनागरिक अशक्तिलाई मेरो सम्मान हो । यसले अरुलाई पनि प्रेरणा मिलोस् भन्ने मेरो चाहना छ । आगामी दिनमा पनि जन्मदिन गाउँकै बालबालिका, महिला, जेष्ठनागरिकहरु संगै रहेर मनाउने सोचमा छु ।
चौलागाँईद्वारा सहयोग पाएपछि लाम्रा र श्रीनगरका जेष्ठनागरिकहरु खुसी भएका छन्