जुम्ला : जुम्लाको कनकासन्दरी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीका तारा चिह्नका कार्यकर्ताले पैसा बाँडेको गम्भीर आराेप राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले लगाएका छन् । साेमबार विहान समाजिक संञ्जालबाट नेकपाका कार्यकर्ताले पैसा बाँडेको शाहीले लेखेका छन्।
यस्तो छ राप्रपाका उम्मेदवार शाहीले आफ्नाे फेसबुक लेखेका कुरा
ताराका मान्छे विशेष गरेर दुईजना पेटि ठेकेदार( जो पहिला खाडिमुलुकमा काम गर्थे )ले पैसा बाँडेको थाहाँ पाईयो
तर कनाका सुन्दरी गाउँपालिकाको–लुड्कु गाउँ इतिहास बोकेको, पढेलेखेको र सचेत नागरिक बसोबास गरेको गाउँ हो। यहाँका बासिन्दा सधैं सत्य, न्याय र इमानदारीको पक्षमा उभिँदै आएका छन्। त्यसैले कुनै पनि प्रकारको लोभ, प्रलोभन वा पैसा बाँडेर जनमत प्रभावित गर्ने प्रयास सफल हुँदैन भन्नेमा पूर्ण विश्वास छ।
लुड्कु गाउँ किन्ने वा बेच्ने ठाउँ होइन। यहाँका नागरिकले आफ्नो विवेक प्रयोग गरेर सही निर्णय गर्छन्। गाउँको गरिमा र आत्मसम्मान जोगाउनु सबैको कर्तव्य हो। त्यसैले यस्ता अफवाह, प्रलोभन वा गलत गतिविधिबाट सचेत रहनु आवश्यक छ।
सत्यको पक्षमा उभिने, न्यायको बाटो रोज्ने र स्वच्छ समाज निर्माण गर्ने लुड्कु गाउँको पहिचान कायम राखौँ

जुम्ला दर्पण । १८ फाल्गुन २०८२, सोमबार ०८:४९