जुम्लामा अर्गानिक मल उद्योग स्थापना सम्बन्धी सम्भाव्यता अध्ययनका लागि सरोकारवालासँग परामर्श तथा छलफल

जुम्ला : जुम्लामा अर्गानिक मल उद्योग स्थापना सम्बन्धी सम्भाव्यता अध्ययनका लागि सरोकारवालासँग परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ । नर्वे सरकार तथा युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजना अन्तर्गत जुम्लामा अर्गानिक मल उद्योग स्थापना सम्बन्धी सम्भाव्यता अध्ययनका लागि सरोकारवालासँग परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा बाेल्दै चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवि खड्काले अर्गानिक मल उद्योग स्थापना अनिवार्य रहेकाे बताइन् । उनका अनुसार अर्गानिक मल उद्योग स्थापनाका लागि स्थानीय सरकारले माग गरेका हुन् । अर्गानिक जिल्लालाई ब्यवहारमा लागू गर्न उद्योग स्थापना अपरिहार्य रहेकाे उनकाे भनाई थियोे ।

तातोपानी गाउँपालिकाका जुम्लाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले उद्योग स्थापनाका लागि तीन स्थानीय तह तयार रहेकाे उनले बताए । उनका अनुसार अर्गानिक मल उद्योग स्थापनाका लागि तातोपानी गाउँपालिका जग्गा उपलब्ध गराउन तयार छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले अर्गानिक जिल्लाका लागि नीतिगत व्यवस्था गर्न आवश्यक छ । उनका अनुसार कृषिलाई प्राथमिकता दिन आवश्यक छ । उद्योग स्थापनाका लागि पातारासीले जग्गा उपलब्ध गराउने प्रस्ताव गरे ।

  चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष विष्णुमाया बुढाले अर्गानिक मल उद्योग स्थापनाका लागि अवसर र चुनाैती दुवै छ । जुम्लामा उद्योग स्थापना अनिवार्य भएकाे भनाइ छ ।  उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले अर्गानिक मल उद्योग स्थापनाका लागि ठाेस नीति निर्माण आवश्यक रहेकाे उनले बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लामा ७२ प्रतिशत  किसान रहेकाे बताएका थिए ।

छलफलका क्रममा सबै स्थानीय तह तथा जिल्ला स्थित प्रादेशिक कार्यलयहरुले जुम्लामा अर्गानिक मल उद्योग स्थापना कार्यमा आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कच्चा पदार्थको उपलब्धता तथा स्थानीय मागको अवस्थालाई आधार मानी प्रारम्भिक चरणमा दैनिक ४–५ टन उत्पादन क्षमता भएको सानो स्तरको अर्गानिक मल उद्योग स्थापना उपयुक्त हुने सुझाव सहभागीहरूले दिएका थिए ।

साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा हुनु अगावै उद्योग सञ्चालनको मोडालिटी अन्तिम रूप दिन सकेमा पालिकाहरूले उद्योग स्थापना प्रक्रियाका लागि बजेट विनियोजन गर्न सहज हुने स्थानीय सरकारका प्रतिनिधिहरूले सुझाव दिएका थिए । छलफलका क्रममा दिगो सञ्चालन तथा व्यवस्थापन सुनिश्चित गर्न सहकारीमार्फत वा निजी क्षेत्रको सहभागितामा उद्योग सञ्चालन गर्ने मोडेलहरू पनि अध्ययन तथा अवलम्बन गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका उपप्रमुख, तातोपानी र पातारासी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, तातोपानी र पातारासी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुखहरू, डिभिजन वन कार्यालय प्रमुख, जिल्ला कृषि विकास कार्यालय प्रमुख, NAMP परियोजाना नि प्रमुख, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) जुम्लाका प्रमुख, अग्रणी पशुपालक किसानहरू, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू, कृषि सहकारी संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासंघ जुम्लाका उपाअध्यक्ष, निजी क्षेत्रका प्रतिनिधिहरू तथा एग्रोभेट व्यवसायीहरूको सहभागिता रहेको युएनडिपि/ रेरास परियोजनाका जुम्ला क्लस्टर संयोजक ऋषि राज ओलीले बताए ।