जुम्ला : जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टको सहयोगमा यहाँको तातोपानी गाउँपालिका– ७ स्थित सर्मि गाउँमा रहेको जनता सेवक आधारभुत विद्यालयका १३४ जना विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।

मंगलबार एक कार्यक्रमका बीच विष्ट कि आमा रुपकली विष्टको हातबाट उक्त विद्यालयका विद्यार्थीका पोशाक प्रदान गरेको विद्यालयका प्रधानाध्यापक काली बहादुर शाहीले जानकारी दिए । प्राय गाउँका निम्न आय स्रोत भएका बच्चाहरु पढ्ने गर्छन् ।
विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक (ट्रयाक सुट),र टिसर्ट छोराले सहयोग गरेकोमा मलाइ खुसी लागेको रुपकली विष्टले बताए ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने उद्देश्यले विद्यालयमा पोशाक प्रदान गरिएको छ ।
आगामी दिनपनि छोराले यस्तै समाजसेवी काम गर्ने विष्टको भनाइ छ । विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थी बीच पोशाकले एकरूपता ल्याउने जनता सेवक आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कुवँरको भनाइ छ ।
पोशाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोशाकले मद्दत पुग्ने विद्यालयका शिक्षक लालु कुवँरले बताए । विद्यालयमा आज आयोजित कार्यक्रमका यहाँका स्थानीयवासि लगायत पत्रकार विजय रावत,मान बहादुर कुवँर, युवा समाजसेवी अर्जुन विष्टको सहभागी रहेको थियो ।
गत फागनु १५ गते तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आवि विद्यालय र तातोपानी गाउँपालिका–६ स्थित हिउँखोलामा रहेको कालिका आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री समाजसेवि अम्मर विष्टले प्रदान गरेका थियो ।

जुम्ला दर्पण । ५ जेष्ठ २०८३, मंगलवार २०:१३