सिंजा गाउँपालिकामा विश्व वातावरण दिवसमा वृक्षारोपण

जुम्ला : जिल्लाकाे सिंजा गाउँपालिकामा विश्व वातावरण दिवस मनाइएकाे छ । `स्वच्छ वातावरण,स्वस्थ जीवन,हाम्रो प्रतिबद्धता´ मुल नारासहित गाउँपालिकामा वृक्षारोपण गरेर दिवस मनाइएकाे हाे । उक्त अवसरमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले हिमा नदी छेउमा बैँसकाे बिरुवा राेपेर दिवस समारोहकाे सुरूवात गरेका थिए ।

नदि किनारमा कुल २ सय वटा बिरुवा राेपिएकाे अध्यक्ष धितालले बताए । उनका अनुसार स्वच्छ वातावरणका लागि वृक्षारोपण आवश्यक छ । `हामीले सिंजामा वातावरण दिवसकाे अवसरमा व‌ृक्षाराेपण गरेका छाै । स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि व‌ृक्षाराेपण अनिवार्य छ ,´ अध्यक्ष धितालले भने ।


वृक्षारोपण कार्यक्रममा प्लान इन्टरनेशनल,कारितास नेपाल,सुसुवा र पेस नेपालले साझेदारी गरेका थिए । वृक्षारोपण कार्यक्रममा सिंजा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र साझेदार संस्थाका कमर्मचारी लगायतकाे सहभागीता रहेकाे थियाे ।