जुम्ला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जुुम्ला बहुमुखी क्याम्पसमा पदाधिकारीको टुङ्गो लगाएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत जुुम्ला बहुमुखी क्याम्पसम हुन लागेको स्ववियु निर्वाचनका लागि पदाधिकारीहरू उम्मेद्वार टुंगो लगाएको हो ।
स्ववियु अध्यक्षमा जयकृष्ण जैशी,सचिवमा जीवन भक्री र कोषाध्यक्षमा आशिष बुढाले उम्मेदवारी दिने निर्णय सर्वसहमत गरेको अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष धर्मराज रावलले बताए । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा जैशि सचिवमा निर्वाचित भएका थिए ।
अध्यक्षका उम्मेदवार जैशिले विद्यार्थी हकहित तथा क्याम्पस सुधारको मुद्दालाई अगाडि बढाएको बताए । विगतदेखि नै विद्यार्थी हकहितको पक्षमा र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ ।
जुम्ला दर्पण । २७ फाल्गुन २०८१, मंगलवार २१:१३