तातोपानी ५ स्थित लाम्रा स्वास्थ्य चौकी पोषण तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा घोषणा

जुम्ला – तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको लाम्रा स्वास्थ्य चौकी ऐरेनीलाई पोषण मैत्री तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा १६ वटा सूचक पूरा गरेपछि स्वास्थ्य चौकीलाई औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रमको समन्वय तातोपानी गाउँपालिकाको पोषण शाखाले गरेको थियो। लाम्रा स्वास्थ्य चौकीका कर्मचारी नन्दराम गिरीका अनुसार आवश्यक १६ वटा सूचक पार गरेपछि स्वास्थ्य चौकीलाई पोषण मैत्री र किशोर किशोरी मैत्री स्वास्थ्य सेवा केन्द्र घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिकाका पोषण शाखा प्रमुख मणिकृष्ण उपाध्यायले पालिकाभित्रका बालबालिका, किशोर किशोरी तथा महिला दिदीबहिनीहरू पोषणबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले समुदायस्तरमा पोषण सचेतना विस्तार गर्न यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।
त्यसैगरी तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले घोषणा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिए। उनले आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बन्दै जानुपर्ने धारणा राखे।
गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल ले यस कार्यक्रमबाट विशेषगरी महिला तथा किशोरीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
त्यस्तै वडा नं. ५ का वडा अध्यक्ष छिरिङ महत ले यस्ता कार्यक्रमले सम्पूर्ण पालिकामा सकारात्मक प्रभाव पार्ने बताए। उनले किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख ।