पहिलोपटक सवार भएँ, दुई पाङ्ग्रे सवारी साधनमा । जो आफैँ चालक भएर । सुन्दा मलाई चिन्ने आफन्त र साथीहरुलाई अचम्म लाग्ल ! यो सही र सत्य हो । म मेरो जीवनको चालक भए झै पहिलोपटक दुई पाङ्गे सवारीको चालक भएँ । आफूले चाहेअनुसार कुदाउँन सक्ने भएँ । त्यो थियो साइकल । मैले साइकल देखेको मात्र थिएँ । अरुले चलाएको देख्दा चलाउन सजिलो हुन्छ होला, लाग्थ्यो । गाह्रो र सजिलो त केवल चलाउँदा मात्र थाहा भयो । साइकल भनेको कापीकिताबमा मात्रै देखेको थिएँ ।
गणेश रावत
म जन्मेको गाउँमा अझै कतिपयले किताबमा मात्र देखेका छन्, साइकल ! देख्न त पाएका छैनन् भने चलाउन त परको कुरो । किताबमा साइकल देख्ने कुनै बेला त्यसमा म पनि पर्थेँ । २०७६ सालमा जब रारालिही बजार जाने साइत जु¥यो, बल्ल साइकल मेरै आँखाले देख्न पाएँ । गाउँमा बस्ने प्रायः व्यक्ति पैदल यात्रा गर्छन् । मेरो जन्मभूमि बसोबास गर्ने व्यक्ति जब रारा नाग्म बजार झर्दैनन् तबसम्म साइकल देख्न पाउँदैनन् । तर, कोहलपुर सहर बजारमा म बसेको तीन वर्ष भयो । पैदल हिँडेको न्यून मात्र देख्छुँ । अधिकांश व्यक्ति साइकलमा हिँड्डुल गर्छन् । सहर बसेको अहिले तीन वर्ष तर, साइकल चलाउन भने मलाई आउँदैनथ्यो । यो पहिलो वर्ष र पहिलोपटक हो साइकल चलाउन सिकेको । मभन्दा साना भाइ बहिनीहरुले सर्रर्रर्र… चलाउँदा म त छक्क हुन्थे ।
साइकल धान्न सक्ने जस्ता छैनन्, कसरी चलाउँछन् ? भन्ने प्रश्न मनभरि थियो । सधै यताउता जाँदा अरुको भरमा जानुपर्ने साइकलमा । डर लाग्ने उत्तिकै । कही कतै लड्ने लडाउने हुन् कि भन्ने पिरालो हुने । जबसम्म गन्तव्यमा पुगिन्न तबसम्म मन सान्त हुन्थेन् । पैदल हिँड्न पनि अल्छी लाग्ने । अरुको भरमा भए पनि जानु पर्ने बाध्यता । म कहिले चलाउन सकैँला ? र आफ्नै ईच्छाअनुरूप कुदाउला भन्ने ठूलो धोको थियो । तर, साइकल चलाउन भने डर मान्थे । चोट लाग्ने होकी । साइकल लडेर अपांग हुने डर त्यतिकै । म रेडियो फेमसमा काम गर्थेँ । रेडियोबाट समय निकालेर ध्रुव सरले समातेर सिकाउन सुरु गर्नु भयो । कहिले लड्ने, ढल्ले गर्दै चलाउन सिक्न संघर्ष गरे । सरले पनि हौसला थप्नुहुन्थ्यो । साइकल चलाउने हुट्हुटीले म साइकल सिक्ने उत्साह थियो ।
गाउँमा चलाएको भए पो सजिलो हुने थियो कि साइकल कुदाउन ? गाउँमा सधै हिँड्न बानी परेको मान्छे । कहाँ साइकल सजिलै चलाउन सकिन्छ ? रोडमा चलाउँदै जाँदा साइकल लड्दा गिज्याउने गर्थे । कस्तो जुम्ली होला साइकल पनि चलाउन पनि सक्दैन । यो वचनले मन चसक्क खान्थ्यो । म त्यही सम्झेर पनि सिक्न थाले । भित्रभित्रै उनीहरुको अगाडि चलाएर देखाउने साहस, आट लिए । पछि त साइकल चलाउन लाज लाग्ने । साना बालबालिकालाई देखाउँदै भन्ने, उता हेर त्यति सानो मान्छेले चलाएका छन् तिमी सक्दै नौं । मैले मनमा आट र अठोट लिएर सिक्न झनै प्रयास सुरु गरे । बिस्तारै चलाउन जाने । त्यो दिन खुसीको सीमा थिएन । म हाँस्दैहाँस्दै आएँ ।
एकाबिहान सुखी चेहरा बनाउँदै मैले भने, ‘ध्रुव सर म साइकल चलाउन सक्ने भए ।’ सरले बधाइ दिनुभयो । त्यस दिनबाट दिनमा एकपटक समय निकालेर साइकल चलाउथ्येँ । पछिपछि त नास्ता खाना जाँदा साइकलमा जान थालेँ । सिक्दै जाँदा एक दिन कोहलपुर बजार दाइले भेट्न बोलाउनु भयो । रेडियो बजारभन्दा केही टाढा थियो । भेट्न जाने त जाने तर, अब केमा जाने ? एक छिन् अलमल्ल भएँ । पछि मैले मनमा आट लिएर पहिलो पटक ६ घण्टाको साइकल यात्रा सुरु गरे । अफिसबाट कोहलपुर जान लागेको थिएँ । गणेश राम्रोसँग जानु साइडबाट चलाउनु भन्दै धु्रव सरले सिकाउनु भयो । हुन्छ सर भन्दै निस्किएँ । गाडीहरु यत्रतत्र यताउता गरिरहेका थिएँ । त्यही भिडमा थिए म पनि । बिस्तारैबिस्तारै चलाउँदै डर मान्दै कोहलपुर पुगेँ । दाइलाई फोन गरेर भेट गर्न गएँ । अनि नास्ता खाएर म हतार छ दाइ म जान्छु भनेर निस्किएँ । हाई बे सडक भएर होला सडकखण्ड कहिले खाली हुने गर्थेन् ।
गाडीहरुको भीडभाड थियो । त्यस्तो भएको ठाउँमा झरेर साइकल डो¥याउँदै चलाउँदै रेडियोमा दिउँसो चार बजे पुगे । चार बजेको समाचार पढेँ । त्यो दिन अलि चाडै सुतेँ । साइकलको लामो यात्रा कहिले नगरेकाले होला, ज्यान सरै दुखेको थियो । त्यसपछि बल्ल थाहा भयो आफ्नो गाडीको आफैँ ड्राइभर हुँदाको पीडा । अरुले चलाएकोमा बस्दा जस्तो सजिलो चलाउँदा हुँदो रहेन छ । एउटा साइरी भन्ने गर्थेँ साथीहहरु भेट हुँदा ।
‘साइकल त्यसै चल्दैन, पाइडिल मार्नुपर्छ’
‘केटी त्यसै पट्निन्, आँखा मार्नुपर्छ’
यो साइरी मेरो जीवनमा मेल खायो । हुन पनि हो । साइकल चल्नलाई पाइडिल मार्नु पर्दाे रहेछ । चलाउँदा मात्रै थाहा पाए । तीन महिनाको प्रयास पछि साइकल ‘ड्राइभर’ बनेअर्थात चलाउन सकेँ । अहिले त पैदल हिँड्न टरेको छ । सर्रर्रर्र साइकलमा अफिस जानेआउने गर्छुँ । पहिला गिज्जाउनेहरुको अगाडि सानदार साइकलको घण्टी बजाउँदै हिँड्छुँ । साइकल चलाउँदाको अनुभवले धेरै कुरा सिकायो । जुनसुकै काम गर्दा तन, मन र संघर्ष गर्न जरुरी रहेछ ।
जीवन संर्घष हो । कहिले दुःख, सुख मानव जीवनमा आइ पर्ने गर्छन् । सबै सहन र जुध्न सक्नु पर्दाेरहेछ । मान्छेले परिश्रम, संघर्ष गरे असम्भव केही छैन । हो, मैले संर्घष र मिहनत गरेँ । आज साइकल चलाउने सपना पूरा गरेँ । त्यसैले काम गर्नु अघि म सक्दैन भन्दै हार खानु हुन्न । गरे सबै सम्भव छ । यो मेरो अनुभव हो ।
जुम्ला दर्पण । २ भाद्र २०७९, बिहीबार २०:३९