जुम्ला : तातोपानी गाउँपालिका ६ स्थित कालिका आधारभुत विद्यालय हियाखाेलामा स्थापित पुस्तकालयमा समाजसेवी भरत नेपालीले शैक्षिक तथा खेलकुद सामग्री नि:शुल्क सहयाेग गरेका छन् ।
स्व.दीपबहादुर स्मृति प्रतिष्ठान,जुम्लाकाे सहयाेग र समन्वयमा स्थापित पुस्तकालयका लागि ९ थान पुस्तकसहित शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् ।
विद्यालयमा आयाेजित एक कार्यक्रमकाबीच समाजसेवी नेपालीले २ थान भलिबल ,२ थान फुटबल,३ वटा सामान्य ज्ञान,९ थान कथा र उपन्यासका पुस्तक र ५७ वटा कथाका पुस्तकहरू नि:शुल्क हस्तान्तरण गरेका थिए । तातोपानी ४ निवासी नेपालीले वडा नम्बर ६ स्थित विद्यालयमा सामग्री सहयाेग गर्न पाउँदा खुसी लागेकाे बताए ।
ताताेपानी गाउँपालिकामा मात्रै नभएर जिल्लाका नमुना विद्यालयकाे रूपमा रहेकाे कालिका आविकाे शैक्षिक विकास र विद्यार्थीहरूकाे अतिरिक्त सिप विकास तथा क्षमता विकासका लागि व्यक्तिगत रूपमा आगामी दिनमा पनि सहयाेग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
`विभिन्न मिडियामा यस विद्यालयका गतिविधि नियालीरहेकाे थिए । पछिल्लाे समय विद्यालय नेतृत्वले नमुना काम गर्दै आएकाे पाएकाे छु ´ सहयाेग हस्तान्तरण कार्यक्रममा बाेल्दै नेपालीले भने,`विद्यालयकाे शैक्षिक विकासका लागि सहयाेग सहयाेग गर्न पाउँदा खुसी छु । यहाँ आएर धेरै कुराकाे जानकारी लिन पाइयाे । यहाँकाे व्यवस्थापन, विद्यालयकाे नेतृत्व,शिक्षक र अभिभावकहरूकाे शिक्षाप्रति लगाव देखियाे ।´
आफुपनि गाउँकाे सरकारी विद्यालयमै अध्ययन गरेकाे भन्दै विद्यार्थी देख्दा आफ्नाे बाल्यकाल समेत उनले स्मरण गरे । विद्यालयमा जिल्ला कै कान्छा विव्यस अध्यक्षकाे नेतृत्व रहेकाे भन्दै उनले उत्कृष्ट काम भइरहेकाे भन्दै प्रशंसा समेत गरेका थिए ।
उक्त कार्यक्रममा बाेल्दै विद्यालयका विव्यस अध्यक्ष डिल्ली कामीले विभिन्न समस्या र चुनाैतीका बाबजुत विद्यालयलाई नमुना बनाउने उद्देश्यसहित काम गरिरहेकाे बताए । उनका अनुसार विव्यसकाे याेजना,शिक्षकहरू मेहेनत र अभिभावकहरू तथा विभिन्न निकायकाे सहयाेगमा छाेटाे समयमा धेरै नमुना काम भएका छन् ।
`विद्यालयकाे शैक्षिक विकास र गुुणस्तरीय शिक्षा हाम्राे मुख्य लक्ष्य हाे । वार्षिक याेजना अनुसार अघि बढेका छाै,´अध्यक्ष कामी भन्छन्,`विद्यालयकाे भाैतिक संरचना बलियाे बनाउने,जनशक्ति व्यवस्थापन र अतिरिक्त क्रियाकलापलाई ध्यान दिइएकाे छ । ´
विद्यालयमा स्थापित पुस्तकालयका लागि सहयाेग गर्ने समाजसेवी नेपालीप्रति अध्यक्ष कामीले धन्यवाद समेत प्रकट गरे । अध्यक्ष कामीले आगामी दिनमा डिजिटल कक्षाकाेठा बनाउने याेजनासमेत सुनाए ।
उक्त अवसरमा बाेल्दै विद्यालयका निमित्त प्रधानाध्यापक लालसिंह कामीले विद्यालयमा बाल विकास केन्द्रसँगै कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेकाे बताए । उनका अनुसार विद्यालयले उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएकाे छ ।
कालिका आविबाट कक्षा तीनपछि वडा नम्बर ५ मा रहेकाे दुर्गा माविमा समेत जाने गरेका छन् । उक्त माविमा समेत कालिका आविका विद्यार्थी उत्कृष्ट रहेकाे कामीकाे भनाई छ । उक्त विद्यालय जिल्लामै नमुना रूपमा छापामय कक्षाकाेठा,पुस्तकालय समेत संचालन गरेकाे छ ।
कालिका आविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम
जुम्ला दर्पण । २ आश्विन २०८०, मंगलवार १४:२७