तातोपानी गाउँपालिकाद्धारा ५४ करोडको बजेट प्रस्तुत

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख बढीको बजेट प्रस्तुत गरेको छ । १९औँ गाउँसभामार्फत तातोपानी गाउँपालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक रेवती रावलले आगामी आव २०८३ ०८४ का लागि ५४ करोड २८ लाख ८ हजारको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले चालुतर्फ ३५ करोड ५८ लाख ८८ हजार र पुँजीगततर्फ १८ करोड ६९ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको हो ।

तातोपानीमा संघीय सरकारबाट ४३ करोड ९१ लाख ९० हजार, प्रदेश सरकारबाट ५ करोड २८ लाख २७ हजार अनुदान प्राप्त भएको थियो भने अल्या बजेट ४ करोड ६२ लाख ९१ हजार र आन्तरिक राजश्व संकलन ४५ लाख गरी कुल ५४ कर‍ोड बढीको बजेट ल्याईएको छ । भने तातोपानीका आठ वटै वडामा आबश्यकता मागका आधारमा बजेट बाँडफाँड गरिएको छ ।

गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँषले समृद्व तातोपानीको संकल्प सहित कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । भौतिक विकास संगै सामाजिक विकास तथा सशसक्तिकरणका मुद्वालाई समेत विशेष प्रथामिकता राखेर नीति ल्याईएको छ ।

स्थानीय कर तथा खर्च व्यवस्थापन, कृषि, पर्यटन, खानेपानी, सरसफाई, पूर्वाधार विकास, भाषा साँस्कृतिक संरक्षण,श्रम तथा रोजगार, खाध सुरक्षा, उधोग, जलावयू अनुकुलन, उर्जा प्रर्बद्वन, सरसफाई, वाताबरण संरक्षण देखि विपद व्यवस्थापन लगायतका २२ वटा शिर्षक अन्तर्गत थुप्रै नीति तथा कार्यक्रम ल्याईएको ।