जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ मा करोडबढी लगानीमा दर्जनौ योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८२–०८३ मा पालिकाले विनियोजन गरेका, प्रदेशबाट आएका पुँजीगत तर्फका योजना तथा चालु तर्फका कार्यक्रममा एकै वर्षमा एक करोड बढी लगानी भएको देखिन्छ ।
सोमबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत भौतिक तथा वित्तिय प्रगती विवरणनुसार एक करोड दुई लाख लगानीका ३४ वटा योजना निर्माण र चालु तर्फका कार्यक्रम संचालन भएका हुन् ।
गाउँपालिकाबाट चालु आवमा ५० लाख बजेट विनियोजन भएकोमा आबश्यकतालाई मध्यनजर गर्दै २३ वटा योजना निर्माण तथा कार्यक्रम संचालन गरिएको तातोपानी १ का सचिव तेज बदादुर रावतले बताए । उनका अनुसार पालिकाले विनियोजन गरेको वार्षिक योजना तथा अन्य कार्यक्रम भएको बताए ।
त्यस्तै मुख्यमन्त्री रोजागर कार्यक्रम अन्तरर्गत १५ लाखको खारमाटा तटबन्धन निर्माण १५ लाख, राष्ट्यिरोजगार कार्यक्रम अन्तरर्गत ५ लाखका दुई जना रहेका छन् । गाउँपालिकाको विनियोजित बजेटबाट संचालित ३३ लाखका ८ वटा योजना निर्माण भएका छन् ।
स्थानीयबाट माग भई आएका योजनाहरुमा आबश्यकतालाई मध्यनजर निर्माण कार्य गरिएको तातोपानी गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्ण बहादुर कठायतले बताए । ‘स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले साना साना आबश्यकता परिपुर्ति गर्ने जिम्मेवारी रहन्छ’,उनले भने,‘वडाको कृषि, सिँचााई, खानेपानी, सडक पूर्वाधार विकासका कामलाई सुरुवातीमा प्रथामिकता दिएका थियौ । अहिले सामाजिक विकासलाई पनि प्रथामिकता दिएका छौ ।’
सामाजिक कुरितीका रुपमा रहेको बालविवाह, लागु औषध दूव्र्यसनी न्युनिकरणका लागि नीति तथा कार्यक्रमै पालिकाभरी जनचेतना मुलक कार्यक्रम गर्ने तयारीमा रहेको वडाध्यक्ष कठायतको भनाई छ ।
पालिकाको सार्वजनिक सुनुवाईमा सबै नागरिकको सहभागिता सुनिश्चित नहुने भएकाले नागरिकको गुनासो सुनुवाईलाई प्रभावकारी बनाउन सुशासन र पारर्दशिता कायम गर्नका लागि वडामै सार्वजनिक सुनुवाई गर्न थालेको उल्लेख गरे ।
वडा सचिव तेज बहादुर रावतले सिमित स्रोत साधनका बीच पनि नागरिकका असिमित आबश्यकता परिपुर्ति गर्नुपर्ने वडालाई ठुलो चुनौती रहेको बताए । उनका अनुसार चालु आवमा वडामा ३ लाख १३ हजार ९९३ रुपैयाँ राजश्व संकलन भएको छ ।
‘जनसंख्या र भूगोल अनुसार स्रोत बाँडफाँड नहुँदा समस्या भएको छ,’उनले भने,‘नजिकको सरकार भएकाले नागरिकका हरेक खाले गुनासो आउँछ । तर स्रोतको सिमितताले गर्दा सबैको चित्त बुझाउन कठिन छ । यदपी आधारभूत विकासका कुरा थुप्रै भएका छन् ।’

डिल्ली कामी । २४ असार २०८३, बुधबार १४:५२