विश्वकर्मा समाज नेपाल युएईकाे पाँचौँ क्षेत्रीय अधिवेशन सम्पन्न

युएई : विश्वकर्मा समाज नेपाल युएई अबुधाबी क्षेत्रीय समितिको पाँचौ  क्षेत्रीय अधिवेशन सम्पन्न भएकाे छ । आइतबार एक कार्यक्रमका बीच याम बहादुर ल्वागुनकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे हाे । जसकाे उपाध्यक्षमा अर्जुन विश्वकर्मा र खेम बहादुर विश्वकर्मा चयन भएका हुन् ।

जसकाे सचिवमा रेशम अनुराग विश्वकर्मा, सह-सचिव नवीन सुनार, कोषाध्यक्षमा प्रेम बराइली, सह-कोषाध्यक्षमा खडक विश्वकर्मालाई चयन गरिएकाे हाे । साथै सदस्यहरूमा ज्ञान सुनार, ओम प्रकाश सुनार, सीता तिरुवा, उमेश बिक, मान बहादुर बिक लगायत चयन भएका छन् ।

समाजको एकता, आपसी सद्भाव, विकास, कला–संस्कृतिको संरक्षण तथा सामुदायिक हितका लागि समिति गठन गरिएकाे हाे ।