जनप्रेमी वडाअध्यक्ष : जसले आफै बिरामी बाेकेर उपचार गराए

शुभाकर विश्वकमर्मा,जुम्ला

असाेज १६ गते राति तिला-६ घाेडे गाउँका ६७ वर्षीय परिमल राेकाया एक्कासी बिरामी परे । राती सात बजे तिर राेकायालाई  मुटु दुख्ने व्यथा लाग्याे । पछि मुटु दुख्नेसँगै झाडा पखलाकाे समस्या देखिएपछि लगत्तै राेकायालाई नजिकै रहेकाे घाेडेमहादेव स्वास्थ्य चाैकीमा लगियाे ।

त्यहाँ राति स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरे । तर, राेकायालाई निकाे हुन सकेन । सीमित स्राेत र साधनका बावजुत उनकाे उपचार गरिएपनि निकाे हुन सकेन । स्वास्थ्य चाैकीमा उपचार हुन नसकेपछि अन्तिम विकल्प थियाे- राेकायालाई थप उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजाने ।

विकल्प दुई वटा थिए, पहिलाे थियाे, बिरामीलाई घाेडेबाट बाेकेर रारालिही ल्याउने र गाडीबाट  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्याउने । त्यसाे गर्दा चार घण्टा लाग्थ्याे ।
घाेडेबाट रारालिही पुग्न तीन घण्टा लाग्छ । त्यहाँबाट जुम्ला बजार पुग्न थप एक घण्टा ।
दाेस्राे विकल्प थियाे, बिरामीलाई सिधै जुम्ला र कालीकाेटकाे सिमानामा पर्ने नाग्म बजार लैजाने ।
वडा नम्बर ६ का वडाअध्यक्ष जंग राेकाया भन्छन्,` मान्छे बिरामी पर्दा हामीले भाेग्ने प्रमुख समस्या यहीँ हाे ।यातायातका साधन पुग्ने सडक सञ्जाल नहुँदा यस्ता समस्या हुने गरेका छन् । बिरामीकाे ज्यान बचाउने हेतुले हामीले दाेस्राे विकल्प राेज्याै ।´

वडाअध्यक्ष राेकायाले १७ गते विहान बिरामीलाई बाेकेरै घाेडेबाट नाग्म पुर्याइएकाे बताउँछन्  । उनलाई नाग्मसम्म लैजान गाउँका आठ-नाै जनाहरूकाे समेत समस्या परेकाे वडाअध्यक्ष राेकायाकाे भनाइ छ ।

`एक त अहिले कामकाे सिजन सबै काममा व्यस्त हुन्छन् । अर्कातिर गाउँमा युवा भेटाउनै मुस्किल छ´उनले भने,` काेही राेजगारीकाे लागि परदेशमा छन् । काेही धन कमाउन कालापहाड गएका छन् । केही युवा पढाईका लागि बाहिरी जिल्लामा छन् । ´
विकट घाेडे गाउँमा वृद्ववृद्वा मात्रै भेटिन्छन् ।
कुनैपनि विकल्प बाँकी नरहेपछि बिरामीकाे ज्यान जाेगाउन वडा अध्यक्ष आफै तल्लीन भए । राेकाया आफैले स्वास्थ्य चाैकीबाट बाेकेर नाग्मसम्म पुर्याए । बीचमा समस्या परेपछि स्कुलका विद्यार्थीकाे सहयाेग मागिएकाे उनले बताए । राेकायाका अनुसार जनजागृति मावि घाेडेमा अध्ययनरत ३-४ जना केटाहरू मगाएर उहाँकाे उपचार गरियाे


नाग्ममा केही घण्टाकाे उपचारपछि अहिले बिरामी सामान्य अवस्थामा पुगेका छन् । उनले घरमै स्वास्थ्य लाभ गरिरहेकाे उनकाे भनाइ छ ।
`सडक सञ्जालकाे पहुँच नहुनु प्रमुख समस्या´
तिलामा ९ वटा वडा छन् । ती मध्ये एक हाे, वडा नम्बर ६ । तिलाका विकट वडाहरू मध्ये सबै भन्दा विकट मध्ये एक हाे । वडा नम्बर ९ सबै भन्दा धेरै विकट वडाकाे रूपमा रहेकाे छ ।

 अहिलेपनि सडक सञ्जालकाे पहुँच नपुगेकाे वडा नम्बर ६ मा तीन वटा बस्ती रहेका छन् । घाेडे गाउँपनि ति मध्येकाे एक हाे । भाैगाेलिक विकटताका कारण बेलाबेलामा यस्ता समस्या दाेहाेरिने गरेकाे वडा अध्यक्ष राेकाया बताउँछन् ।

वडा नम्बर ६ का सबै बस्तीसम्म सडक सञ्जाल मात्रै हाेइन स्वास्थ्य सेवाकाे समेत पहुँच विस्तार हुन सकेकाे छैन । उक्त वडामा यस्ता थुप्रै समस्या ज्युका त्यु छन् । महिला डेलिभरी हुँदा हाेस् । मानिस रूखबाट खस्दा, दुघर्टनामा पर्दा सडक सञजालन नपुगेकै कारण उच्च जाेखिम रहेकाे छ ।

यद्यपि आफु वडामा निर्वाचित भएदेखि सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएकाे उनकाे भनाइ । जनप्रिय काममा लागेका वडाअध्यक्ष राेकाया तिलाका कान्छा वडाअध्यक्ष समेत हुन् ।