तातोपानीका बस्ती बस्तीमा `दलित उत्थान कार्यक्रम´

जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका बस्ती बस्तीमा दलित उत्थान कार्यक्रम सञ्चालन भइरहेकाे छ । चालु आर्थिक वर्ष २०८२०/०८३ काे स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम अन्तर्गत भइरहेकाे हाे ।

तातोपानी गाउँपालिकाकाे आयाेजनामा विभिन्न दलित बस्तीहरूमा दलित समुदायकाे नेतृत्व विकास र जातीय विभेद न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम भइरहेकाे छ । उक्त कायर्क्रम तातोपानी गाउँपालिका वडा नम्बर ४,५ र ६ मा अहिले सञ्चालन भइरहेकाे छ । कार्यक्रम तीन वटै वडाका दलित बस्तीमा सञ्चालन हुने जनाइएकाे छ ।

दलित बस्तीहरूमा दलित समुदायकाे नेतृत्व विकास र जातीय विभेद न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम जेठ २७ गते तातोपानी-६ हियाखाेलाबाट सुरू भएकाे थियाे । २८ गते तातोपानी-६ रावतबाडामा सञ्चालन गरियाे । २९ गते तातोपानी गाउँपालिका वडा नम्बर ४ काे जैतपुर बस्तीमा सञ्चालन भएकाे कायर्यक्रमकाे सहजीकरण गरिरहेकाे तातोपानी मल्टिमिडिया प्रा.लि.ले जनाएकाे छ ।

अन्तरक्रियात्मक कार्यक्रममा समुदाय र सहजकर्ताबीच दलित समुदायका मुद्दा, समस्या र समाधानबारे छलफल हुने गरेकाे छ । कार्यक्रमकाे मुख्य सहजकर्ताका रूपमा सागर परियार रहेका छन् । सहजकर्ता परियारले कार्यक्रममा दलित समुदायको नेतृत्व विकास र जातीय विभेदकाे विद्यामान अवस्था तथा कानुनी प्रावधानका विषयमा छलफल हुने गरेकाे बताए । उनका अनुसार अहिलेपनि दलित समुदाय राज्यकाे मुलप्रवाहमा आउन सकेकाे छैन । स्थानीय सरकारबाट प्रवाह हुने सेवा तथा विकास निर्माण कार्यमा पहुँच विस्तार गराउने कार्यक्रमकाे उद्देश्य रहेकाे उनकाे भनाइ छ ।

कार्यक्रम तातोपानी वडा नम्बर ४,५ र ६ का दलित बस्तीहरूमा सञ्चालन हुनेछ । दलित बस्तीहरूमा दलित समुदायकाे नेतृत्व विकास र जातीय विभेद न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रमकाे सहजीकरण ताताेपानी मल्टिमिडिया प्रा.लि.ले गरिरहेकाे छ ।