कात्तिक ६ गते प्रचण्ड जुम्ला आउँदै

जुम्ला : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला आउने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड यहीँ कात्तिक ६ गते जुम्ला आउने भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)  जिल्ला समन्वय जुम्लाका संयाेजक नवराज न्याैपाने विमुखले प्रचण्ड  कात्तिक ६ गते जुम्ला आउने पुष्टि गरे ।

उनका अनुसार जिल्लाकाे कनकासुन्दरी गाउँपालिकामा हुने बृहत कार्यकर्ता भेला र आमसभालाई सम्बाेधन गर्न प्रचण्ड जुम्ला आउन लागेका हुन् ।

`अध्यक्ष कमरेड जुम्ला आउने निश्चित भएकाे छ । बृहत कार्यकर्ता भेला र आमसभाका लागि उहाँ आउँदै हुनुहुन्छ ।´ विमुखले भने ।

नेपाली खस भाषाकाे उदगम् स्थल समेत रहेकाे सिंजामा हुने कार्यक्रमकाे तयारी भइरहेकाे नेकपा (माओवादी केन्द्र) जुम्लाले जनाएकाे छ ।