शुभाकर विश्वकर्मा,जुम्ला
असाेज ढल्कदाे छ । चिसाेपनि बढ्दै छ । याे कामकाे महिना हाे ।सारा जुम्ली यतिबेला काममा व्यस्त छन् । याे याम `मानाे छरेर उब्जिएको मुरी भित्याउने´ समय हाे । सबै जुम्ली त्यसैकाे सुरसारमा व्यस्त छन् । असाेज दशैकाे महिना हाे । विगतका वर्षमा यतिबेला दशै सकिसकेकाे हुन्थ्याे ।
यसपाला दशैपनि अलि पछि नै परेकाेले दशैकाे राैनक भित्रिसकेकाे छैन । दशै विस्तारै छाउँदै छ । घरबासीहरू बाली भित्याउँदैछन् । परदेशीहरू घर फकर्किने क्रम सुरू भएकाे छ । यसपटक दशै कात्तिक ७ गते परेकाे छ । यतिबेला सम्म सम्बत काम सकिसकेकाे हुनेछ । यसपटककाे दशै कामकाे चटाराे मुक्त हुनेवाला छ ।
तर,तातोपानी-५ का किसान आनन्द हमाललाई धान भित्र्याउने बेलामा ब्रजपात परेकाे छ । काट्ने बेला भएकाे धानमा राेग लागेर सखाप भएपछि उनी चिन्तामा परेका छन् । उनले १२ भारी खेतमा मार्सीधान राेपेका थिए ।
`चाडपर्वकाे मुखमा धानमा आगाे लगाउने अवस्था आयाे । सबै धान राेगले सखाप भइसक्याे । नयाँ धान भित्र्याएर दशै मनाउने सपना अधुरै रहयाे ।´, उनले भने । धानकाे एउटा बाला पनि काम नलाग्ने भएपछि उनलाई दशै कसरी मनाउने भन्ने पीर परेकाे छ । ६ जनाकाे हमालकाे परिवार कृषि कर्म गरेरै जिविकाेपार्जन गर्दै आएकाे छ । १२ भारी खेतकाे धानले उनकाे घरकाे ६ महिनासम्म गर्जाे टार्थ्याे ।
तातोपानी-५ कै पुन्या सार्कीपनि १० भारी खेतमा लगाएकाे धानमा राेग लागेपछि विखलबन्दमा परेका छन् । अन्य काम सकेर धान भित्र्याउने तयारी गरेका उनी निरास छन् । वडा सदस्यसमेत रहेका सार्कीलाई अब दशै कसरी मनाउने भन्ने दाेधारले पिराेलेकाे छ ।
`दशैकाे मुखमा बज्रपात नै परेकाे छ । राेगले धान खायाे । आगाे लगाउने अवस्था आएपछि मेराे मन खाएकाे छ । हामी गरिबलाई सधै यस्तै हुन्छ । ´
८ भारी खेतमा धान राेपेकाे ताताेपानी-५ श्री नगरका सुरबहादुर हमाल सयाै किसानकाे परिश्रम खेर गएकाे बताउँछन् । उनका अनुसार धानखेतीमा राेग मात्रै लागेकाे हाेइन । सयाैकाे पेट खाली हुने अवस्था आएकाे छ । यसपालिकाे दशै खल्लो हुने भयाे भन्दै उनले चिन्ता प्रकट गरे ।
`बालीकाे हालत हेर्नुभयाे । सबै जान्नेसुन्ने आउनु भएकाे छ । हाम्रो समस्या देख्नु भएकै छ ।´ उनले भने, `अब सरकारले राहत दियाे भने दशै मनाउने । भएन भने के गर्ने थाहा छैन ।´ अर्का किसान धनकृष्ण चाैलागाईका अनुसार धान खेतीमा लागेकाे राेगका कारण सयाै किसान मर्कामा परेमा छन् । उनले पहिलोपटक धानबालीमा यस्ताे समस्या दुखिएकाे बताउँछन् ।
उनले परम्परादेखि राेप्दै आएकाे धानखेती धरापमा परेका कारण किसानकाे भकारी रित्तो हुने अवस्था आएकाे बताएका छन् ।
माथि उल्लेखित केही प्रतिनिधि किसान मात्रै हुन् । जिल्लाकाे ताताेपानी र चन्दननाथ नगरपालिकाका विभिन्न वडामा भित्र्याउने बेलामा धानखेतीमा राेग लागेपछि किसान समस्यामा परेका छन् ।
ताताेपानीका वडा नम्बर ४,५ र ६ तथा चन्दननाथ नगरपालिका वडा नम्बर ९ मा ब्लाष्ट राेगका कारण धानबाली नष्ट भएकाे हाे । मुख्यगरी रिमिदेखि एनेरी ज्युलाेसम्म धेरै क्षति पुगेकाे छ ।
कुल ८० हेक्टर क्षेत्रफलमा क्षति पुगेकाे कृषि ज्ञान केन्द्र,जुम्लाले जनाएकाे छ । ६ हजार ५ सय ७२ मुरी खेतीयोग्य जमीनमा लगाइएको धानमा ब्लाष्ट राेग लागेकाे हाे । करिब १सय ६० मेटिक टन धान खेती नष्ट भएकाे हाे । जुम्लामा वर्षनि ३ हजार हेक्टरमा धान खेती हुदैँ आएकाे छ ।कृषि ज्ञान केन्द्र भन्छ : नेक ब्लाष्ट राेग लागेकाे हाे ।
नेक ब्लाष्ट भएकाे हाे । याे सबैभन्दा खतरा हुन्छ । यसकाे संक्रमण हुँदा दाना बन्दैन । धानकाे बालामा दाना हुदैन । भएपनि फल हुदैन ।यहाँकाे धानमा यस्तै समस्या देखिएकाे छ ।
रैथाने बीउ नभएका कारण पनि समस्या भएकाे हाे । यहाँ लगाइएको बीउ चन्दननाथ नगरपालिकाबाट ल्याइएको रहेछ । बीउ पनि धेरै पुरानो भइसकेको छ । यसकाे प्रतिरोधात्मक शक्ति कम छ । राेग किराहरू सहन सक्दैन ।
कृषि ज्ञान केन्द्र जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार धान भित्र्याउने बेला थाहा भएकाेले समस्या समाधान गर्न सकिने अवस्था छैन । नेक ब्लाष्ट ( घाँटी मरूवा) राेगका कारण धानबालीमा क्षति पुगेकाे उनकाे भनाइ छ । `पहिलाे कुरा,याे पातमा हुने संक्रमण हो ।
दोस्रो, फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । तेस्रोमा चाहीँ नेक ब्लाष्ट (घाँटी मरुवा) धानको बालामै लाग्ने रोग हो ´, देवकोटा भन्छन्,` यसले बाला चाउने,पोटिलो नहुने,धानमा दुध नभरिदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने रोग भएकोले पनि नियन्त्रणमा समस्या छ । आगामी वर्ष समयमै ध्यान दिनुपर्छ ।´स्थानीय सरकारकाे अगुवाइमा संयुक्त अनुगमन
साेमबार प्रभावित क्षेत्रमामा संयुक्त अनुगमन गरिएको छ । तातोपानी गाउँपालिकाकाे अगुवाईमा संयुक्त अनुगमन गरिएकाे हाे । जिल्ला विपद् व्यवस्थापन समितिसहित जिल्लास्थित राजनीतिक दल,पत्रकार तथा पालिकाका जनप्रतिनिधि अनुगमनमा सहभागी थिए ।
नेक ब्लाष्टले क्षति गरेका तातोपानी ५ स्थित लाम्रा,श्रीनगर,एैरेनी हाँकु,हियाँखोलामा अनुगमन गरिएकाे थियौँ । ती क्षेत्रमा आगाे लगाउने अवस्था देखिएकाे छ । किसानले उपभोग गर्ने खेतको धानमा क्षति भएका कारण ठुलाे समस्या निम्तिएकाे छ । अनुगमनका क्रममा पहिलोपटक धेरै ठुलाे क्षति व्यहोर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए । करिब सात हजार खेतमा लगाइएको धानखेती क्षति पुगेकाे उनले बताए ।
`आगाे लाउनुुु बाहेक विकल्प छैन । कुनैपनि दाना राम्रो छैन । भएकाे पनि राम्राे नभएकाे पाइयाे,´उनी भन्छन्,`पहिले असिनाले अलिअलि क्षति गर्थ्याे । अहिले ब्लाष्टले सखाप नै पारेकाे छ ।´
क्षति धेरै भएकाे छ । किसानले क्षतिपूर्तिकाे माग गरेका छन् । चाडपर्वकाे मुखमा भएकाे क्षतिकाे राहत दिने विषयमा उनले भनेका छन्,`अहिले यसै भन्न सकिने अवस्था छैन । याे क्षति सानाे हाेइन । एकदमै ठुलाे हाे । चार वडामा क्षति पुगेको छ ।छ । स्थानीय सरकारकाे एक्लाे प्रयासले हुदैन । हामी जिल्ला ,प्रदेश र संघमा पहल गर्छाै । ´ कार्यापालिका बैठक बसेर उपयुक्त निर्णय लिइने उनले बताए ।
यता,जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद्को बैठक बसेर किसानको राहतका लागि पहल गर्ने बताएका छन् ।
जुम्ला दर्पण । २३ आश्विन २०८०, मंगलवार १३:४०