जुम्ला : हिमा गाउँपालिकामा दुई हजार भन्दा बढी विद्यार्थी र स्थानीयकाे मुटुकाे नि:शुल्क परिक्षण गरिएकाे छ । गाउँपालिकाकाे आयाुजनामा कुल दुई हजार ३ सय ७३ जनाकाे मुटु परिक्षण गरिएकाे हाे । उक्त जाँच कार्यक्रम `मुटु जाेगाउ´ काठमाडौंकाे प्राविधिक सहयाेगमा सम्पन्न भएकाे हाे ।
विद्यार्थीहरूकाे मुटुकाे अवस्था थाहा पाउनकाे लागि परिक्षण गरिएकाे गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
परिक्षण गरिएका मध्ये १३ जनाकाे नि:शुल्क शल्यक्रियाकाे लागि रिफर गरिएकाे उनले बताए । उनीहरूकाे मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा शल्यक्रिया गरिने भएकाे छ ।
`हामीले स्वास्थ्यलाई पहिलाे प्राथमिकता दिएका छाै । बालकदेखि वृद्वसमम सबैकाे स्वास्थ्य जाँच गरिएकाे छ । हामीले नि:शुल्क सेवा दिइरहेका छाै,´ अध्यक्ष शाहीले जुम्लादर्पणसँग भने । गाउँपालिकाकाे आयाेजनामा नि:शुल्क आँखाकाे माेति विन्दुकाे शल्यक्रिया शिविर सम्पन्न गरेकाे थियाे ।
जुम्ला दर्पण । २६ आश्विन २०८०, शुक्रबार २०:०८