मुगु : जिल्लाकाे छायाँनाथ रारा नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख ऐश्वर्य मल्लको संयोजकत्वमा १५ सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरिएको हो ।
यसअघि पनि छायाँनाथ रारा नगरपालिकामा सामाजिक समितीका संयोजकत्वमा शिक्षा समूह गठन भएको भएपनी अहिले कानुन कार्यविधि अनुसार पुन नगर उप प्रमुख मल्लको संयोजकत्वमा स्थानिय शिक्षा समूह पुर्न गठन भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
बिहिबार एक अभिमुखिकरण कार्यक्रमको आयोवजना गरी विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समुह ( गठन तथा सञ्चालन ) निर्देशिका २०८० अनुसार युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक नेपालको सहजिकरण तथा छायाँनाथ रारा नगरपालिकाको सहजिकरणमा स्थानिय शिक्षा समूह पुर्नर गठन गरिए हो ।
जसको सदस्यमा छायाँनाथ रारा नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत पुशपती शाही, स्वास्थ्य शाखा प्रमुख पुर्ण बहादुर मल्ल ,सदस्य सचिवमा शिक्षा शाखा प्रमुख गणेश न्यौपाने रहेका छन् ।
यस समूहले शिक्षा क्षेत्रको विपद जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने छायाानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाहीले बताए ।
उनले विद्यालय सुरक्षा कार्यान्वयन,विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापन, लगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समूह गठन गरिएको जानकारी दिए ।
यस्तै कार्याक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख ऐश्वर्य मल्लले स्थानीय तह शिक्षा समूह मा आवद्ध भएका सदस्य हरुले शिक्षा क्षेत्रको विपत्तका क्षेत्रमा र शिक्षाको बिकासका क्षेत्रमा समन्वयकारी भुमिकामा रहेर काम गर्न आग्रह गरे ।
छायाँनाथ रारा नगरपालिकाले शिक्षा क्षेत्रको विपद जोखिम न्यूनिकरणमा सहयोगी संस्थाहरुको सहयोगमा शिक्षा समुहको सहयोगमा हातेमालो गदै जाने बताए ।
शिक्षा क्षेत्रको विपद जोखिम न्यूनिकरणमा क्षमता विकासका क्षेत्रमा संयोजक संग संगै सदस्यको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुनेभएकाले साथ र सहयोगको अपेक्षा गरे ।

जुम्ला दर्पण । २७ असार २०८१, बिहीबार १७:३३