एसिया बाेर्डिङमा कम्प्युटर शिक्षाको पढाइ हुन थालेपछि छात्रछात्रा उत्साहित

जुम्ला :

चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा रहेको एसिया इन्टरनेशनल बाेर्डिङ स्कुलमा कम्प्युटर शिक्षाको पढाई हुन थालेपछि छात्रछात्राहरु उत्साहित भएका छन् अतिरिक्त खर्चमा कम्प्युटर शिक्षा विद्यालयमै लिन पाउने भएपछि उनीहरु उत्साहित भएका हुन्। कम्प्युटरको प्रयोग हरेक क्षेत्रमा रहेको छ, प्रविधिको विकासले गर्दा कम्प्युटर सर्वसाधारणसम्म अनिवार्य जस्तै बन्न थालेको छ ।

लोकसेवा आयोगले पनि अहिले कम्प्युटर अनिर्वाय गरेको छ । अहिलेको आधुनिक युगमा साना बलबालिकादेखि सिक्नु राम्रो कुरा हो ।

अहिले एसिया बाेर्डिङ स्कुलमा कक्षा नर्सरीदेखि ९ कक्षासम्म कम्प्युटर शिक्षा पढाउन शुरु गरेको संस्थापक मनोज बुढाथोकी मगरले बताए । कम्प्युटर शिक्षाले छात्रछात्राहरुमा विशेष ज्ञान प्राप्त हुनुको साथै उपस्थिति पनि वृद्धि भएको वुढाथोकीले जानकारी दिए ।

कम्प्युटर शिक्षा लागू भएदेखि ठूलो संख्यामा विधार्थी भर्ना भएको उनको भनाइ छ । बुढाथाेकी भन्छन्, `संस्थागत विद्यालयमा पढाई हुने अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा लिने अवसर पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन । वर्तमान युग सूचना तथा सञ्चार प्रविधि (आईसिटी)को समय भएको बताउदै, सूचना प्रविधिले मानव जिवनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेकोले शिक्षा जगत पनि अछूतो रहन नसक्ने रहेछ ।´

राष्ट्र विकासको आधारस्तम्भ नै शिक्षा भएकाले देशको आर्थिक, सामाजिक, राजनैतिक, भौगोलिक तथा सर्वाङ्गीण विकासका लागि शिक्षाको सुधार तथा विकास कम्प्युटर शिक्षा जरुरी रहेको उनले बताए ।

शिक्षा क्षेत्रमा कार्यरत हरेक जनशक्तिलाई सूचना तथा प्रविधिको ज्ञान हुनु आजको आवश्यकता भईसकेको बुढाथोकीले बताए । वर्तमान अवस्थामा कम्प्युटरको प्रयोग आजको आधारभूत आवश्यकता भईसकेको मनाेजको दाबी छ । उनले परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिएको बताए ।

४० वटा कम्प्युटर प्रयोगशाला राखिएको तथा वालवालिकाहरुले प्रत्येक दिन पढाई र प्रयोगको माध्यमबाट कम्प्युटर शिक्षा लिने गरेको उनले जानकारी दिए ।

किताबी ज्ञानले हुदैन बाहिरी ज्ञान र सीपले वालवालिकाहरुमा पढाईको क्षमता वृद्धि विकास हुने उहाँले विश्वास व्यक्त गरे । प्राविधिक विषयको रुपमा विकास गर्नका लागी कम्प्युटर शिक्षा अनिवार्य लागू गरिएको बताए ।

बुढाथोकीले कम्प्युटर विषयको एक जना विज्ञ शिक्षक विराज विकलाई नियुक्त गरिएकाे छ । स्कुलमा शिक्षक राखेर भएपनि पठनपाठन गराउँदै आएका छन् । कम्प्यूटर शिक्षाको महत्व थाहा पाई सकेपछि एक पिरियडमा प्रत्येक विद्यार्थीले एक एक कम्प्यूटर सेटमा बसेर चलाउन पाउन भन्ने उद्देश्य राखी कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउने उनले बताए ।

कक्षा ९ सम्म पठनपाठन हुने एसिया बाेर्डिङ स्कुलमा ५ सय५० जना छात्रछात्रा अध्यनरत रहेको प्रिन्सिपल चन्द्र बहादुर महतले जानकारी दिए । कम्प्युटर शिक्षाको विषय राखिएकोले शैक्षिक गुणस्तरमा वृद्धि र विशेष ज्ञान एवम् सीपले वालवालिकाहरुको मनोबल बढ्दै गएको महतले बताए।

यसको प्रयोगवाट नयाँ घटना, सूचनाहरु संकलन गर्न तथा महत्त्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज भएको उनकाे भनाइ छ । कम्प्युटर शिक्षाको पढाइले कम्प्युटर सम्बन्धि धेरै कुरा सिक्ने अबसर मिलेको विद्यार्थीहरु बताउछन् ।

यद्यपि सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरु कम्प्युटर शिक्षामा अगाडि रहेको देखिन्छ । सरकारले सामुदायिक विद्यालयमा निशुल्क कम्प्युटर शिक्षा पाठ्यक्रममा राखिएको छ। तर प्रभावकारी हुन सकेको छैन।

त्यस्तै वेब पेज, डेटाबेस, मल्टिमिडिया र ग्राफिक्स डिजाइन जस्ता विषय छन् । यसै कारण अध्ययन पछि कामको अवसर पनि रहेको छ ।

तर धेरै जनाले उच्च शिक्षामा नै जोड दिने भएकाले विद्यालय तहपछि नै काम गर्ने विद्यार्थीहरूको सङ्ख्या भने निकै कम छ । यद्यपि विद्यार्थीले माध्यमिक तहमा कम्प्युटर अध्ययनपछि सामान्य काम गर्न सक्ने कम्प्युटर शिक्षक बिक बताउँछन् ।