तातोपानीका आठवटै वडाका ३३ सय घरधुरीका लागि निर्जीवन बीमा २० लाख बजेट विनियाेजन

रेशम अनुराग

 

जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकको सुरक्षाका लागि निःशुल्क घर बीमा गरिदिने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम बजेटमा यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

तातोपानीका आठवटै वडाका ३३ सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभुति दिनका लागि रु २० लाख बजेट नीति तथा कार्यक्रमबाट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले भन्नुभयो,“अविरल वर्षा र बाढी पहिरोका कारण प्रत्येक वर्ष नागरिक घरबार विहिन हुनु परेको छ ।”

स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि पालिकाको पहिलो प्रथामिकता रहेको अध्यक्ष चौलागाईको भनाइ छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसंग सहकार्य गरेर यहाँका नागरिकका घर बीमा गरिने भएको छ । प्रत्येक घरलाई ५ लाख बराबारको बीमा गर्ने पालिकाका लागि परेको छ । विपत्तिले घरमा क्षती पु-याएपछि उक्त बीमाबाट राहत पुग्ने गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।

गतवर्ष असोजमा आएको अविरल वर्षाले तातोपानीमा धैरे क्षति गरेको थियो । अझैसम्म यहाँका खेतवारी र विद्यालय पुनः निर्माण हुन सकेका छैन । प्रकृतिक विपत्तिबाट हुने क्षतिलाई राहतमा महशुस गर्नेका लागि यो आर्थिक वर्षबाट उक्त कार्यक्रम लागु गरेको उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रमबाटै पालिकाबाट संचालन हुने गौरवका बुहबर्षिय तथा ठुला प्रकृतिका योजनाहरुको दिगो व्यवस्थापन संरक्षण र मर्मत सम्भार गरि दिगोपना दिनका लागि ५ लाख योजना वीमाका लागि विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।